IME Life New

बाथरुमबाट सुरु गरे कम्पनी, २७ वर्षको उमेरमै बने अर्बपति, यस्तो छ पोलिमार्केटको सफलताको कथा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वविद्यार्थी र साधारण परिवारका छोरा सायन कोप्लानले आफ्नै प्रयासमा विश्वकै कान्छा स्वनिर्मित अर्बपति बन्न सफल ‘पोलिमार्केट’ नामक प्लेटफर्मले विश्वको वित्तीय प्रणालीमा नयाँ अध्याय सुरु गरेको छ।

सायन कोप्लानको उदय

Esewa
Crest

सन् २०२५ मा विश्वले एउटा नयाँ आर्थिक कथा देख्यो। केवल २७ वर्षका सायन कोप्लान अब विश्वका कान्छा स्वनिर्मित अर्बपति बनेका छन्। उनले स्थापना गरेको डिजिटल बजार पोलिमार्केटले अन्तर्राष्ट्रिय वित्तीय जगतमा तहल्का मच्चाएको छ।

न्युयोर्क विश्वविद्यालय छोडेर सुरुमा आर्थिक कठिनाइ झेलेका कोप्लानले सन् २०२० को महामारीको समयमा आफ्नै बाथरुमबाट यो कम्पनी सुरु गरेका थिए। उनी अर्थशास्त्री रोबिन ह्यान्सनको ‘पूर्वानुमान बजार’ सिद्धान्तबाट प्रेरित थिए। जसले मानिसलाई वास्तविक घटनामा आधारित अनुमान गर्न र त्यसमा लगानी गर्न अवसर दिन्छ।

पोलिमार्केटको सफलता

पोलिमार्केट अहिले विश्वकै सबैभन्दा लोकप्रिय डिजिटल पूर्वानुमान बजार बनेको छ। यसमा प्रयोगकर्ताले राजनीतिक चुनावदेखि आर्थिक संकेतक र खेलकुदसम्मका घटनामा अनुमान गरेर लगानी गर्न सक्छन्।

हालसम्म यो प्लेटफर्ममा १८ अर्ब डलरभन्दा बढीको कारोबार भइसकेको छ र करिब १३ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन्। यसले ब्लकचेन प्रविधिको प्रयोग गरेर सबै कारोबार पारदर्शी र सुरक्षित बनाउँछ। जसले भविष्यका वित्तीय बजारमा नयाँ सम्भावना देखाएको छ।

चुनौती र पुनरागमन

पोलिमार्केटको यात्रा सहज थिएन। सन् २०२२ मा अमेरिकाको वस्तु फ्युचर्स नियामक आयोगले अनुमति बिना कारोबार गरेको आरोपमा कम्पनीलाई १४ लाख डलर जरिवाना गरेको थियो। त्यसपछि अमेरिकी प्रयोगकर्तालाई यस प्लेटफर्म प्रयोग गर्न रोक लगाइयो। तर, समयसँगै नियामक दृष्टिकोण परिवर्तन भयो। नयाँ प्रशासनको सहमतिपछि पोलिमार्केटले अमेरिकी बजारमा पुनः प्रवेश गर्ने अनुमति पायो। कम्पनीले क्युसिय्कस एलएलसी नामक अनुमतिप्राप्त वित्तीय संस्था किनेर कानुनी रुपमा कारोबार गर्न सक्ने बनायो।

रोचक कुरा के भने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर पनि यस कम्पनीसँग परामर्शदाताका रुपमा जोडिएका छन्। उनको लगानी संस्थाले पनि पोलिमार्केटमा ठूलो रकम लगानी गरेको छ। जसले यस कम्पनीलाई राजनीतिक र वित्तीय दुवै समर्थन प्रदान गरेको छ।

ठूला कम्पनीको विश्वास

हालै न्युयोर्क स्टक एक्सचेन्जका मालिक इन्टरकन्टिनेन्टल एक्सचेन्ज (आईसीई) ले पोलिमार्केटमा दुई अर्ब डलर लगानी गरेको छ। यस लगानीले कम्पनीको मूल्य करिब ९ अर्ब डलरसम्म पुर्याएको छ। आईसीईका प्रमुख जेफ्री स्प्रेकरले भने, ‘पोलिमार्केटको नवप्रवर्तन र हाम्रा वित्तीय संरचनालाई जोडेर हामी नयाँ पुस्ताका लगानीकर्ताका लागि भविष्यमुखी उत्पादन ल्याउनेछौँ।’

यो लगानीले पोलिमार्केटलाई विश्वस्तरको वैधानिकता दिएको छ। अब यसले आफ्ना पूर्वानुमान डाटा विश्वका प्रमुख वित्तीय संस्थारुसँग साझेदारी गर्नेछ। जसले यसलाई मुख्यधारको बजारमा पुर्याउनेछ।

भविष्यको दृष्टिकोण

पोलिमार्केटको पुनरागमनले डिजिटल वित्तीय बजारमा नयाँ ढोका खोलेको छ। यसले भविष्यमा राजनीतिक, आर्थिक र सामाजिक घटनाको सम्भावना मूल्यांकन गर्न वैधानिक प्लेटफर्मका रुपमा काम गर्नेछ। ठूला सपना हेर्ने र निरन्तर प्रयास गर्ने मानिसले विश्व परिवर्तन गर्न सक्छ। केवल केही वर्षअघि भाडा तिर्न संघर्ष गर्ने युवक अहिले अर्बौंको कम्पनीका मालिक बनेका छन्।

सायन कोप्लानको कथा केवल धन कमाउने कथामात्र नभएर यो नयाँ वित्तीय विचारधाराको जन्म हो। पोलिमार्केटले देखाएको बाटोले भविष्यका लगानीकर्ता, अनुसन्धानकर्ता र सामान्य नागरिकका लागि अवसरको नयाँ संसार खोल्दैछ। यो केवल एउटा कम्पनीको मात्र सफलता नभए यो त्यस पुस्ताको कथा हो। जसले प्रविधि र दृष्टिकोणको सहायताले असम्भवलाई सम्भव बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS