IME Life New

पोखरा फाइनान्सका ग्राहकलाई सिद्धार्थ होटलमा १० प्रतिशत छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले सिद्धार्थ होटल, नारायणगढमा फूड तथा बेभरेज सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । पोखरा फाइनान्स र सिद्धार्थ होटल, नारायणगढबीच ग्राहक सुविधा विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार पोखरा फाइनान्सका खातावालाले पोखरा मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा होटलमा उपलब्ध फूड तथा बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले गरिएको यस सहकार्यबाट पोखरा फाइनान्सका खातावाला लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ ।

पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, सिआस्वा लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधासमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS