काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र अर्थमन्त्री डा स्वर्णिम वाग्लेबीच चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान भएको हो।
दुवैजनाबीच सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको छ।












