IME Life New

ओलीले बालेनलाई दिए शुभकामनाः तपाइँको पॉचवर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जितेपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिएका छन्।

रास्वपाबाट प्रधानमन्त्रीका रुपमा अगाडि सारिएका बालेनले झापा–५ बाट नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लगभग ५० हजार मतान्तरले पराजित गरेका छन्। उनले ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्। बालेनले प्राप्त गरेको मत संसदीय निर्वाचनको इतिहासकै धेरै हो। किनकि हालसम्म संसदीय इतिहासमा यति धेरै मत कसैले प्राप्त गरेको छैन।

Esewa
Crest

हार व्यहोरेका शर्माले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘बालेन बाबु ! विजयका लागि तपाइँलाई शुभकामना छ।’

‘तपाइँको ५ वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS