IME Life New

जलवायु जोखिम र कृषि बीमालाई सुदृढ बनाउन प्लान्टस्याट र औरास्योरबीच रणनीतिक साझेदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जलवायु जोखिमहरू तीब्ररूपमा बढिरहेको वर्तमान समयमा, समयमै र भरपर्दो पर्यावरणीय सूचनाहरू उपलब्ध गराई निर्णय प्रकृयालाई सहज बनाउन प्लान्टस्याट र औरास्योर बीच रणनीतिक साझेदारीको घोषणा गरिएको छ।

यसै साता भएको यो सहकार्यसँगै प्लान्टस्याटले भारतीय कम्पनी औरास्योरको माैसमी सूचना प्रविधिको प्रयोग नेपाली किसानको हितमा भित्र्याउने अवसर पाएको छ, जसलाई दक्षिण एशियाको जलवायु जोखिम व्यवस्थापन र कृषि बीमा क्षेत्रमा एउटा ठूलो उपलब्धिका रूपमा हेरिएको छ।

Esewa
Crest

विगत लामो समयदेखि कृषि बीमा क्षेत्रमा खण्डित तथ्याङ्क , दाबी भुक्तानीमा ढिलासुस्ती र त्रुटीपूर्ण विवरण जस्ता गम्भीर समस्याहरू रहँदै आएका छन् । यसले गर्दा किसान र बीमा कम्पनी दुबैले नोक्सानी व्यहोर्नु परिरहेको छ। यसै समस्यालाई समाधान गर्न यी दुई संस्थाले साझेदारी गरेका मिलाएका हुन्।

यो साझेदारी अन्तर्गत, प्लान्टस्याटको भूउपग्रह प्रविधिमा आधारित प्यारामेट्रिक बीमा समाधानलाई औरास्योरको ‘आईओटी-इनेबल्ड'(इन्टरनेट अफ थिङ आधारित) अत्याधुनिक स्थानीय मौसम सूचना प्रविधिसँग जोडिनेछ।

नेपाली कम्पनी, प्लान्टस्याटले भूउपग्रह र मौसमको तथ्याङ्कका आधारमा स्वचालित रूपमा कागजी झन्झट बिना तत्कालै भुक्तानी हुने ‘प्यारामेट्रिक बीमा’ समाधानहरूको निर्माणको काम गरिरहेको छ। भारतीय कम्पनी, औरास्योरले भूस्तरमै  र वास्तविक समयमा मौसमको जानकारी सङ्कलन गर्ने आईओटी मौसम केन्द्रहरूको सञ्जाल सञ्चालन गर्दै आएको छ ।

अन्तरिक्षबाट भूउपग्रहले खिंच्ने दृश्य र धर्तीमा जडान गरिएका सेन्सरहरूले मापन गर्ने तथ्याङ्कलाई एकसाथ मिलाउँदा जोखिमको सही मूल्याङ्कन गर्न, पूर्वसूचना प्रणालीलाई चुस्त बनाउन र विपद् पूर्वतयारीलाई बलियो बनाउन मद्दत पुग्नेछ।

किसान र बीमा क्षेत्रलाई हुने फाइदाहरू:

  • द्रुत भुक्तानी: दाबी भुक्तानीका लागि महिनाौँ कुर्नुपर्ने अवस्थाको अन्त्य भई किसानहरूले तुरुन्तै भुक्तानी पाउनेछन्।

  • सटिक तथ्याङ्क: बीमा दाबीको शर्त र जोखिमको आँकलन बढी वैज्ञानिक र सटिक हुनेछ।

  • व्यापक पहुँच: भारतमा रहेका १५ करोडभन्दा बढी किसानहरू, जसमध्ये अधिकांशको पहुँचमा प्रभावकारी बीमा सुविधा छैन, उनीहरूलाई लक्षित गरी यो प्रविधि सुरु गरिएको छ।

सन् २०१९ मा भू-उपग्रह प्रविधि मार्फत किसानहरूलाई बुद्धिमानी निर्णय लिन सहयोग गर्ने उद्देश्यका साथ सुरु भएको प्लान्टस्याटको यो अभियान नेपाल शुरु भएको हो। छ। यो साझेदारीले बीमा कम्पनी, सरकार र कृषि क्षेत्रका सरोकारवालाहरूका लागि जलवायु जोखिम न्यूनीकरणका समाधानहरूलाई थप सुलभ, भरपर्दो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS