IME Life New

बीमाको करोडौँ रकम हत्याउने योजना भयो फेल, दुवै खुट्टा पनि गुम्यो, जानु पर्यो जेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही समयपहिले सार्वजनिक भएको बीमाको करोडौँ रकम हत्याउन घटाइएको ताइवानको एउटा दर्दनाक घटनामा संलग्न दुई युवालाई जेल भएको छ। गत जुन २० मा ताइवान उच्च अदालतले झाङलाई २ वर्ष र घटनाका मुख्य योजनाकार लियाओलाई ६ वर्षको जेल सजाय सुनाएको होे।

लियाओको योजनामा झाङले ५ बीमा कम्पनीलाई ठगी गर्ने प्रयास गरेका थिए। यसका लागि उनले आफ्नो खुट्टा १० घन्टासम्म सुक्खा बरफको बाल्टिनमा डुबाएर राखे। जसको परिणामस्वरुप उनका दुवै खुट्टा काट्नुपर्यो।

Esewa
Crest

झाङ सन् २००५ मा ५ फरक कम्पनीबाट धेरै बीमा पोलिसी खरिद गर्दा ताइपेईमा स्नातक विद्यार्थी थिए। यसमा स्वास्थ्य, जीवन, दुर्घटना, दीर्घकालीन हेरचाह र यात्रा बीमासहित ८ प्रकारका बीमा समावेश थिए।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार सन् २०२३ मा बीमा रकम हत्याउन स्कुले साथी लियाओको योजनामा झाङले दर्दनाक घटनामा सामेल भए। सन् २०२३ जनवरी २६ मा दुवैले नयाँ ताइपेई शहरको एक पसलबाट सुक्खा बरफ किनेका थिए र ताइपेईको झोङशान जिल्लामा रहेको लियाओको घर फर्किएका थिए।

त्यहाँ झाङले आफ्नो नाङ्गो खुट्टा सुक्खा बरफले भरिएको बाल्टीमा राखे। जब कि लियाओले उनलाई प्लास्टिकको डोरीले कुर्सीमा बाँधे। ता कि यदि प्रक्रिया असहनीय भयो भने झाङले यसलाई तान्न नसकुन्। झाङले बिहान २ बजेदेखि १० घन्टासम्म आफ्ना खुट्टा सुख्खा बरफमा राखे।

लियाओले झाङसँगको सम्पूर्ण प्रक्रियाको फोटो र भिडियो पनि खिचे। दुई दिनपछि झाङलाई अस्पतालको दुर्घटना तथा आपतकालीन कक्षमा भर्ना गरियो। जहाँ उनको दुवै खुट्टामुनि गम्भीर फ्रस्टबाइटका साथै हड्डी पग्लने, सेप्सिस र रब्डोमायोलिसिसको उपचार गरियो। त्यहाँ उनका दुवै खुट्टा काट्नु पर्यो।

त्यसपछि दुवैले बीमा कम्पनीहरुलाई झुटो दाबी गरे कि झाङ राति अबेर मोटरसाइकल चलाइरहेका थिए। अचानक उनको खुट्टा चिसो लाग्न थाल्यो। जसको परिणामस्वरुप उनलाई गम्भीर फ्रस्टबाइट भयो र दुवै खुट्टा काट्नुपर्यो। उनीहरुले ५ बीमा कम्पनीको ८ पोलिसीअन्तर्गत १४ लाख डलर (करिब १९ करोड ३२ लाख रुपैयाँ)को दाबी दायर गरे।

यस अवधिमा एउटा कम्पनीले पनि आफ्नो हिस्सा तिरेको थियो। अन्य ४ कम्पनीले दावीमा केही विसंगति फेला पारे र दाबीहरु अस्वीकार गरे। पछि पाँचवटै बीमा कम्पनीले यो कुरा प्रहरीलाई रिपोर्ट गरे। त्यसपछि अभियोजकहरुले उनीहरु दुवैलाई ठगी र जानाजानी आफूलाई हानि पुर्याउन मद्दत गरेको आरोपमा मुद्दा चलाएका थिए।

यो मुद्दामा दोषी ठहर गर्दै अदालतले दुवैलाई जेल सजाय सुनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS