IME Life New

चाैधरीलाई फापेन सिमेण्टको धन्दा, आधा घट्यो सम्राट सिमेण्टको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दाङ्गको सतबरिया स्थित सिमेण्ट उत्पादक कम्पनी, सम्राट सिमेण्ट उद्योगको कारोबार आधा घटेको छ। गत आर्थिक वर्षमा यसले जम्मा १ अर्ब ७७ करोड १० लाख रूपैयाँ बराबरको सिमेण्ट र क्लिङ्कर बिक्री गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७९।८० मा ३ अर्ब ३७ करोड ५० लाख रूपैयाँ रहेको यसको कारोबार गत आर्थिक वर्षमा ह्वात्तै घटेको छ। कारोबार आँकडाको हिसाबले आर्थिक वर्ष २०७८।७९ सबैभन्दा राम्रो रह्यो । यसले कुल ४ अर्ब ८७ करोड ५० लाख रूपैयाँ बराबरको आम्दानी गरेको थियो ।

Esewa
Crest

रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार, गत आर्थिक वर्ष सीमित बजार माग र बिक्री मूल्यमा व्यापक गिरावटका कारण यसको बिक्री घटेको हो। अघिल्लो आवमा कुल ३,४२,०२२ मेट्रिक टन क्लिंकर बिक्री गरेकोमा गत आवमा यो जम्मा ७१,५६८ मेट्रिक टनमा सीमित भएको थियो।

व्यापार खुम्चिंदै गएपनि सञ्चालन खर्च, ब्याज खर्च लगायतको खर्च नघटेकाले उद्योगले गत आर्थिक वर्षमा ४३ करोड ३० लाख रूपैयाँ घाटा व्यहोर्नु परेको थियो। रेटिङ एजेन्सीका अनुसार, यो कम्पनीको कारोबार र नाफा मार्जिनमा वृद्धि सुनिश्चत हुन नसके वित्तीय दबाब केही समय कायमै रहनेछ।

विनोद चाैधरी अध्यक्ष रहेको चाैधरी समूहले बहुमत शेयर खरिद गरेर यो उद्योगको स्वामित्व नियन्त्रणमा लिएपनि कम्पनीले सिमेण्टको व्यापारमा राम्रो गर्न सकेन। चाैधरी समूहको प्रवेशलगत्तै निर्माण क्षेत्रमा मन्दीका कारण सिमेण्ट, डण्डी लगायतको निर्माण सामाग्रीको मागमा संकुचन आएको थियो। यो अवस्थामा गत चैत्र महिनादेखि मात्र केही सुधारको संकेत देखिएको छ।

चाैधरी समूह (सिजी कर्प ग्लोबल) को लगानी रहेको पाल्पामा खानी रहेको र दुम्कीबासमा ग्राइण्डिङ युनिट रहेको सिजी सिमेण्ट उद्योगले पनि शुरूवाती दिन देखि नै घरेलु बजारमा खासै राम्रो कारोबार गर्न सकेको छैन।

भारतीय बजारमा चाउचाउ र पर्यटन व्यवसाय मार्फत राम्रो पकड रहेको चाैधरी समूहले भारतीय बजारमा सिमेण्ट निर्यातका लागि उल्लेख्य सफलता पाएको छैन । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट कुल ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको छ।

चाैधरी समूहले २०७८ सालमा शुरूवाती चरणमा ३० प्रतिशत र पछि थप शेयर समेत गरेर कुल ७४.८१ प्रतिशत शेयर स्वामित्व खरिद सम्राट सिमेण्ट को बहुमत स्वामित्व नियन्त्रणमा लिएको थियो। यो कम्पनीमा तीन सदस्यीय सञ्चालक समितिमा वीरगन्जका व्यापारी अनिल रूंगटा अध्यक्ष र चाैधरीका दुई छोरा, निर्वाण चाैधरी र वरूण चाैधरी सदस्य छन्। कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता रहेको २०८०।८१ को शेयर लगत अनुसार, सम्राट सिमेन्टमा चौधरी ग्रुपको ७४.८१ प्रतिशत, रुंगटाको १२.२५ प्रतिशत, क्याम्पर फाइनान्स एण्ड सेक्युरिटी लिमिटेड(भारत) को ११ प्रतिशत र टोपेन्द्रकुमार शर्माको १.९४ प्रतिशत शेयर स्वामित्व छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS