IME Life New

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल र डिजेलको भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खाना पकाउने ग्यासको मूल्य बढेको छ । नेपाल आयल निगमले मूल्यसूची सार्वजनिक गर्दै एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले वृद्धि भएको बताएको हो ।

जस अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ । यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।

Esewa
Crest

यता, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको छ। नयाँ दरअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल–मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS