काठमाडौं । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टीतेलको मूल्य बढाएको हो। भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
भारतीय आयल निगमले अंग्रेजी महिनाको हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ। नयाँ मूल्यसूचीअनुसार नेपाल आयल निगमले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँले भाउ बढाएको छ।
अब काठमाडौंमा प्रतिलिटर पेट्रोलको १५७ रुपैयाँ र डिजेल तथा मट्टीतेलको १४२ रुपैयाँ कायम भएको छ।













