IME Life New

मलाई पदबाट हटाउनुको जबाफ जनताले अवश्य माग्नेछन्ः कुलमान घिसिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले आफूलाई पदबाट हटाउनुको जबाफ नेपाली जनताले अवश्य माग्ने बताएका छन्।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वकार्यकारी निर्देशिक घिसिङले यस्तो धारणा राखेका हुन्। ‘रातदिन निष्ठाका साथ देश र जनताको सेवामा खटिँदा पनि सरकारले मलाई बर्खास्त गर्यो’, उनले भने, ‘विद्युतको बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बन्यो। सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? त्यसैले मलाई पदबाट हटाउनुको जबाफ इतिहास र नेपाली जनताले अवश्य माग्नेछ।’

Esewa
Crest

घिसिङले आफूले उद्योगहरुको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउन पत्र काटेकै दिन सरकारले हटाएको बताए। ‘मलाई हतोत्साहित गर्न राज्यको सम्पूर्ण शक्ति ममाथि खनिए। कसको स्वार्थमा राज्यको सम्पूर्ण शक्ति ममाथि खनियो, जनताले देखेका छन्।’
बक्यौता नउठाउन आएका दबाब र प्रभावलाई समेत आफूले अस्वीकार गरेको घिसिङले बताए। ‘संस्था र राष्ट्रप्रति घात गर्न मैले सकिनँ। कानुनअनुसार काम गर्दासमेत थुप्रै दबाब र प्रभाव थेग्नुपर्यो’, उनले भने।

पत्रकार सम्मेलनमा घिसिङले आफ्नो कार्यकालमा गरेका कामका बारेमा पनि जारी गराएका थिए। ‘जलस्रोतको धनी देश करिब ८ वर्षअघिसम्म हिउँदमा १५–१६ र बर्खामा पनि ९ घन्टासम्म लोडसेडिङ हुनु आमविषयजस्तै थियो। लोडसेडिङ सदाका लागि बिदा गरी उज्यालो नेपाल बनाउने अभियानसँगै घर र कार्यालयमात्र होइन वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरिएको थियो।’

घिसिङले लोडसेडिङ अन्त्य एउटा इमान्दार प्रयासले भएको बताए। ‘यो कुनै चमत्कार होइन, यो इमान्दार प्रयास हो’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS