IME Life New

पिस इनर्जीले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिस इनर्जी कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

सो सम्बनी सम्झौता भएको छ । सम्झौता पत्रमा माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र पिस इनर्जी कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा. मदन कुमार उप्रेतीले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

पिस इनर्जी कम्पनी लिमिटेडले जारी पुँजीको २० प्रतिशत अर्थात ३२ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्नेछ । पिस इनर्जी कम्पनी लिमिटेडले ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिका भएर बग्ने कावेली खोलाको पानीको बहाव सदुपयोग गरी २८.१ मे.वा.क्षमताको माथिल्लो कावेली जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ६१ प्रतिशत भन्दा माथि भैसकेको छ र मिति २०८३ कार्तिक १४ सम्म निमार्ण सम्पन्न गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य राखेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS