IME Life New

दीर्घ/अल्पकालीन ऋणका लागि पतञ्जली आयुर्वेदको रेटिङ स्तरोन्नति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दीर्घकालीन र अल्पकालीन ऋणका लागि पतञ्जली आयुर्वेद प्रालिले पाएको रेटिङ स्तरोन्नति भएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले दुवै खालको ऋणका लागि यसअघि पतञ्चली आयुर्वेदलाई प्रदान गरेको रेटिङ बढाएको हो। इक्राले रेटिङ बढाउँदै दीर्घकालीन ऋणका लागि एल ट्रिपल बी र अल्पकालीन ऋणका लागि ट्रिपल ए प्लस प्रदान गरेको छ। यसअघि पतञ्चली आयुर्वेदले दीर्घकालीन ऋणका लागि एल ट्रिपल बी माइनस र अल्पकालीन ऋणका लागि ट्रिपल ए रेटिङ पाएको थियो।

Esewa
Crest

हाल कम्पनीको कुल ऋण ९ करोड ५० लाख रुपैयाँ रहेको छ। जसमा दीर्घकालीन ३५ करोड २० लाख रुपैयाँ र अल्पकालीन ऋण ५९ करोड ८० लाख रुपैयाँ रहेको छ।

रेटिङ स्तरोन्नतिले मुख्यतया कम्पनीको पुँजीकरण प्रोफाइलमा निरन्तर सुधार र वर्ष २०२५ मा इक्विटी इन्जेक्सनसहित आन्तरिक उपार्जनको पूर्ण अवधारणलाई मान्यता दिएको छ। यसबाहेक कम्पनीको ऋण कभरेज सूचक बलियो रहेकोले यसलाई घट्दो ऋण दर र घटाइएको ऋण (वर्ष २०२४–२०२५मा नियमित भुक्तानी साथै पूर्वभुक्तानीमार्फत)द्वारा समर्थित गरिएको छ।

सन् २०११ मा स्थापित कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंको भाटभटेनी र कारखाना बारामा रहेको छ। यो कम्पनीमा भारतको गंगोत्री आयुर्वेद लिमिटेडको ९५ प्रतिशत हिस्सा रहेको छ भने बाँकी हिस्सा महतो ग्रुपको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS