IME Life New

अब राइड सेयरिङ सेवा प्रदान गर्नेलाई कारोबार गर्न प्यान अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब राइड सेयरिङ सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गर्न स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने अनिवार्य गरिएको छ।

आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै भोलि शुक्रबारदेखि सुरु हुने नयाँ आर्थिक वर्षबाट राइड सेयरिङ प्रदान गर्ने व्यक्तिलाई प्यान अनिवार्य गरेको हो। अब राइड सेयरिङमा ५ प्रतिशत भ्याट जोडिने विभागले जनाएको छ।

Esewa
Crest

आयकर ऐन, २०५८ को दफा ७८ तथा आयकर नियमावली, २०५९ को नियम २३ ले निर्धारणयोग्य आयआर्जन गर्न चाहने व्यक्ति, विभागले स्थायी लेखा नम्बर लिनुपर्ने भनी तोकिको वा भुक्तानी करकट्टी गर्नुपर्ने जुनसुकै व्यक्तिले त्यस्तो आयआर्जन गर्नु वा करकट्टी गर्नुअगावै प्यान लिनुपर्ने व्यवस्था गरेको छ।

यसै सन्दर्भमा बासिन्दा राइड सेयरिङ सेवा सञ्चालन गर्ने कुनै व्यक्ति (राइड सेयरिङ अपरेटर)को प्लेटफर्ममा आबद्ध भई सेवा प्रदान गर्ने व्यक्तिलाई अनिवार्य रुपमा प्यान लिएरमात्र कारोबार गर्न गराउन विभागले सूचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS