IME Life New

पुस २५ गतेबाट आइपीओ ल्याउँदै पाल्पा सिमेन्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजले यही पुस २५ गतेबाट आइपीओ ल्याउने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्डले पाल्पा सिमेन्टलाई ७५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता आइपीओ ल्याउन अनुमति दिएको थियो। कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीयलाई जारी पुँजीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता र सर्वसाधारणलाई छुट्याइएको ५६ लाख २५ कित्ताको १० प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गर्नेछ।

Esewa
Crest

यो आइपीओमा दुवै समूहले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। स्थानीयले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिबटार तथा गैँडाकोट शाखा र प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी तथा बेलतारी शाखा र सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकिएका शाखासँगै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि यो आइपीओको निष्कासन बन्द छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते हनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आइपीओ निष्कासन बन्द छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गते हुनेछ।

पाल्पा सिमेन्टको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS