IME Life New

पुराना प्रविधिले एसिया प्रशान्त क्षेत्रका बीमक परे पछाडि, डिजिटल नेतृत्वको भने दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगभग ३.८ ट्रिलियन डलर सम्पत्ति व्यवस्थापन गर्ने एसिया प्रशान्त क्षेत्रका बीमा कम्पनीहरुले पुरानो प्रविधिले आफूहरुलाई पछाडि पारेको बताएका छन्। जब कि धेरैजसोले डिजिटल रुपान्तरणमा प्रतिस्पर्धीहरुभन्दा अगाडि रहेको दाबी पनि गर्छन्।

क्लियरवाटर एनालेटिक्सको नयाँ सर्वेक्षणले यस्तो देखाएको हो। यस क्षेत्रका बीमा सम्पत्ति व्यवस्थापन कार्यकारीहरुको सर्वेक्षण गर्ने अध्ययनले ९३ प्रतिशतले पुरानो प्रणालीहरुले व्यवसाय वृद्धिलाई रोकिरहेको प्रतिक्रिया दिएको देखाएको छ। ‘यो समस्या ठूला फर्महरुमा बढी स्पष्ट थियो’, अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘१ अर्बदेखि ५ अर्ब डलर सम्पत्ति भएका बीमा कम्पनीहरुका लागि ९० प्रतिशतबाट बढेर ५० अर्ब डलर वा सोभन्दा बढी सम्पत्ति व्यवस्थापन गर्ने कम्पनीहरुका लागि ९७ प्रतिशत पुगेको छ।’

Esewa
Crest

समग्रमा सर्वेक्षणका उत्तरदाताहरुले व्यवस्थापनअन्तर्गत ३.८ ट्रिलियन डलर सम्पत्ति तथ्यांक प्रस्तुत गरे। यी चुनौतीहरुका बाबजुद ८७ प्रतिशत बीमा कम्पनीहरुले भने, हामीलाई विश्वास छ, हामी आफ्नो डिजिटल रुपान्तरण प्रयासहरुमा प्रतिस्पर्धीहरुभन्दा अगाडि छौँ।’ जब कि १९ प्रतिशतले उनीहरु उल्लेखनीय रुपमा अगाडि दाबी गरे। केवल १ प्रतिशतले मात्र आफूहर पछाडि रहेको प्रतिक्रिया दिए।

प्रतिवेदनअनुसार छोटो अवधिको सोचलाई पनि चिन्ताका रुपमा उद्धृत गरिएको थियो। लगभग तीन–चौथाइ उत्तरदाता अर्थात् ७३ प्रतिशतले उनीहरुको सञ्चालन मोडेलहरु दीर्घकालीन आवश्यकताहरुको सट्टा वर्तमान चुनौतीहरुमा धेरै केन्द्रित रहको बताए। ठूला बीमा कम्पनीहरुमध्ये यो संख्या ९० प्रतिशत पुगेको छ।

पुराना प्रणालीसँग सम्बन्धित कर्मचारी समस्याहरुले दबाब थपिरहेको छ। आधाभन्दा बढी उत्तरदाताहरुले भने, ‘पुराना प्रविधि व्यवस्थापन गर्न मानिसहरुलाई भर्ना गर्नु एक समस्या हो’, प्रतिवेदनमा भनिएको छ, ‘१५ प्रतिशतले यसलाई गम्भीर समस्याका रुपमा उल्लेख गरेका छन्।’

सर्वेक्षणमा सहभागी तीन चौथाइले यो आगामी ५ वर्षमा अझ ठूलो भर्ती चुनौती बन्ने अपेक्षा गरेका छन्। ‘परिवर्तनको प्रतिरोध यस क्षेत्रमा व्यापक छ’, अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘लगभग सबै उत्तरदाता (९५ प्रतिशत) ले भने कि कर्मचारीहरु, कम्पनीको आकारलाई ध्यान नदिई, नयाँ सञ्चालन मोडेल र प्रणालीहरुको विरोध गर्छन्।’

क्लियरवाटर एनालिटिक्सले भन्यो, ‘यी नतिजाहरुले बीमा कम्पनीहरुले आफ्नो डिजिटल प्रगतिलाई कसरी बुझ्छन् र पुरानो प्रविधि प्लेटफर्महरु व्यवस्थापन गर्ने वास्तविकता बीचको खाडल प्रकट गर्दछ।’ यो अनुसन्धान अक्टोबर २०२५ मा अस्ट्रेलिया, हङकङ र सिंगापुरका १५० वरिष्ठ कार्यकारीहरुमाझ गरिएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS