IME Life New

सेबोन बोर्डले उचित निर्णय नगरेसम्म हाम्रो आन्दोलन रोकिन्नः सेबोनका कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरुले आफूहरुको आन्दोलन जारी रहेको बताएका छन्।

सेबोन कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले आन्दोलन तत्काल स्थगित नहुने स्पष्ट पारेका हुन्। ‘आन्दोलन रोक्ने विषयमा हाम्रो कसैसँग सहमति भएको छैन’, इन्स्योरेन्स खबरसँग कुराकानी गर्दै ढुंगानाले भने, ‘अध्यक्षले सञ्चालक समितिबाट कुनै निर्णय गरेर ल्याएको अवस्थामा आन्दोलनबारे विचार गर्न सकिन्छ।’

Esewa
Crest

ढुंगानाका अनुसार दुवै कर्मचारी युनियनका सदस्य र सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठबीच आज दिउँसो अनौपचारिक कुराकानी भएको थियो। ‘उहाँले अर्थ मन्त्रालयको निर्णयका विषयमा अदालतमा कानुनी उपचारका लागि जान सञ्चालक समितिका अन्य सदस्यहरुलाई कन्भिन्स गर्छु, मलाई साथ दिनुपर्यो भन्नुभएको थियो’, उनले भने, ‘हामीले आन्दोलनको पहिलो दिनदेखि नै सेबोन बोर्ड कानुनी उपचारमा जानुपर्ने माग राखेका थियौँ। यदि उहाँले अन्य सञ्चालकलाई कन्भिन्स गरेर कानुनी उपचारमा जाने निर्णय गरेर ल्याउनुभयो भने आन्दोलन रोक्ने विषयमा हामी विचार गर्न सक्छौँ।’

यद्यपि, आज साँझसम्म अध्यक्ष श्रेष्ठ कुनै पनि सञ्चालकलाई कानुनी उपचारमा जाने विषयमा सहमति गराउन नसकेको आन्दोलनरत एक कर्मचारीले बताए। ‘सरकारको निर्णयविरुद्ध आफूहरु उभिन नसक्ने जबाफ अन्य सञ्चालकले दिएको बुझिएको छ’, ती कर्मचारीले भने, ‘त्यसैले सेबोनको बोर्डले उचित निर्णय नगरेसम्म हाम्रो आन्दोलन तत्कालै रोकिने अवस्था छैन।

अर्थ मन्त्रालयले सेवासुविधा कटौती गरेको विषयलाई लिएर करिब डेढ महिनादेखि आन्दोलनरत कर्मचारी छन्। गत असोज २ गते अर्थ मन्त्रालयबाट धितोपत्र बोर्डलाई लेखिएको पत्रपछि कर्मचारीहरु आन्दोलनरत हुन्। धितोपत्र बोर्डको सञ्चालक समितिले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिवस्तरीय निर्णय अविलम्ब फिर्ता लिई सेबोनको स्वयात्तता अक्षुण्ण राख्न कर्मचारीहरुले माग गरेका छन्।

कर्मचारी आन्दोलनका कारण सबै काम ठप्प छन्। कर्मचारीहरुले पनि अध्यक्ष श्रेष्ठको राजीनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेका छन्।
गत बिहीबार अर्थ मन्त्रालयमा बसेको सेबोन सञ्चालक समितिको बैठक पनि निष्कर्षबिहीन बनेको थियो। बैठकमा अर्थ मन्त्रालयको निर्णयका विषयमा कानुनी आधार खोज्न अदालत जाने विषयमा छलफल भएपछि टुंगो लागेकको थिएन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS