IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोषद्वारा कर्जा सम्बन्धी नयाँ सफ्टवेयर बारे अभिमुखीकरण सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय विराटनगरको संयुक्त आयोजनामा विराटनगरमा अवस्थीत होटल रत्नामा “कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण लिने” विषयक एक दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा यस कोषको सदस्य संस्था एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैक लिमिटेड, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनेस, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड लगायत अन्य विभिन्न सदस्य संस्थाका प्रतिनिधिहरु उपस्थीत थिए ।

Esewa
Crest

कार्यक्रमको शुरुवातमा यस कोषका कर्जा विभाग प्रमुख प्रबन्धक विक्रान्त आचार्यले यस कोषमा संचालनमा रहेको कर्जा सम्बन्धी विभिन्न कार्यक्रमहरुको जानकारी दिएका थिए साथै नयाँ संचालनमा आउँदै र आउन लागेको अन्य नयाँ कर्जा सम्बन्धी कार्यक्रमहरुको जानकारी पनि दिए ।

कोषमा संचालनमा रहेका र नयाँ कार्यक्रमहरुको विषयबारे सदस्य संस्थाका प्रतिनिधीहरुबाट उठेका प्रश्नहरुको जवाफ कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जवाफ दिंदै कोषको भावी योजनाका बारेमा सहभागीहरुलाई जानकारी गराए ।

साथै गोष्ठीमा यस कोषको कर्जा विभागका प्रधान सहायक पुष्पा भट्टले कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको जानकारी दिए र सो सफ्टवेयरको सन्दर्भमा सदस्य संस्थाका प्रतिनिधीहरुका तर्फबाट आएका सल्लाह सुझावहरु कर्जा विभागका सहायक अधिकृत आशिष पौडेलले टिपोट गरी उपयुक्त सुझावहरु सफ्टवेयरमा लागु गरी आउने दिनमा कर्जासँग सम्बन्धीत दाबी तथा क्षतिपूर्तीमा सहजता पुग्ने जानकारी दिए ।

उक्त कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो ।कोषको वार्षिक नीति तथा कार्यक्रममा भएको व्यवस्था अनुरुप बैंक तथा वित्तीय संस्थाहरुसँग निरन्तर छलफल र संवाद गरी बजारको सुरक्षणको आवश्कतालाई मध्यनजर गर्दै मौजुदा कार्यक्रमहरुमा रहेका समस्याहरु पहिचान गर्ने र सोका लागि राय सुझाव संकलनका लागि यस आर्थिक वर्षमा सबै प्रदेश समेटिने गरी गोष्ठि संचालन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS