IME Life New

ओरिएन्टल इन्स्योरेन्सको खुद व्यापार ४० प्रतिशतले बढ्यो, नाफामा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार अघिल्लो वर्षको समीक्षा अवधिमा नाफा ऋणात्मक रहेको कम्पनीको नाफा यस अवधिमा घनात्मक रहेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ करोड ७५ लाख लाख रुपैयाँ घाटामा रहेको कम्पनी समीक्षा अवधिमा १६ करोड २२ लाख रुपैयाँ नाफामा रहेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ७८ करोड ४७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा रिटेन्ड अर्निङ ११ करोड ५१ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ८२ करोड ८४ लाख रहेको छ ।

Esewa
Crest

अघिल्लो वर्ष असार मसान्तसम्ममा स्पेसल रिजर्भमा १ अर्ब ६९ करोड ६१ लाख रुपैयाँ थियो । रिटेन्ड अर्निङमा ७ करोड २५ लाख रुपैयाँ थियो । अन्य इक्विटीमा ८० करोड ८३ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८७ करोड ६९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १९ प्रतिशतले बढेको हो ।

समीक्षा वर्षमा कम्पनीले ६५ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ४० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३९ करोड ३१ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४० करोड ९१ लाख रुपैयाँ खर्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS