IME Life New

नेप्सेमा सूचिकृतमध्ये हालसम्म ३ फाइनान्स कम्पनीले मात्रै घोषणा गरे लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सूचिकृत १५ वटा फाइनान्सहरुमध्ये ३ वटा कम्पनीले मात्रै लभांश घोषणा गरेका छन् । हालसम्म श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

श्री इन्भेष्टमेन्ट फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल ६ दशमलव ४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले बोनश शेयर नदिई सबै नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले पुस ३० गते आफ्नो वार्षिक साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।

Esewa
Crest

आइसीएफसी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले बोनश शेयर नदिई सबै नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले मंसिर २९ गते आफ्नो वार्षिक साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।

मञ्जुश्री फाइनान्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले बोनश शेयर नदिई सबै नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले असोज ३१ गते नै आफ्नो वार्षिक साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS