IME Life New

एक वर्षमा ३ लघु बीमासहित मात्र १५ कम्पनीले पाए आइपीओ अनुमति (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट गत आर्थिक वर्ष २०८०।८२ मा ३ लघु बीमासहित मात्र १५ कम्पनीले आइपीओ अनुमति पाएका छन्।

धितोपत्र बोर्डमा रमेश हमालको बहिर्गमनपछि अध्यक्ष नियुक्तिमा भएको ढिलासुस्ती तथा लामो रिक्ततापछि नयाँ अध्यक्षका रुपमा भित्रिएका सन्तोषनारायण श्रेष्ठ पनि साधारण शेयरको निष्कासन अनुमति दिन हिच्किचाउँदा कम्पनीहरुको आइपीओ अनुमति खुम्चिन पुगेको हो। अर्कोतर्फ सार्वजनिक लेखा समिति र अर्थ समितिबीच आइपीओ अनुमति देखिएको द्वन्द्वले प्राथमिक बजार प्रभावित भएको देखिन्छ।

Esewa
Crest

गत आर्थिक वर्षको मंसिरबाट मात्रै कम्पनीहरुले आइपीओ अनुमति पाएका थिए। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स मंसिर ७ गते आइपीओ अनुमति पाएको थियो।

त्यसपछि नेपाल माइक्रोले पुस २५ गते र क्रेस्ट माइक्रो लाइफले माघ ३ गते आइपीओ अनुमति पाएका थिए।

त्यस्तै गत आर्थिक वर्षमा आइपीओ अनुमति पाउनेमा ८ वटा जलविद्युत तथा ऊर्जा कम्पनी रहेका छन्। अरु विभिन्न क्षेत्रका ४ वटा कम्पनीले आइपीओ अनुमति पाएका छन्।

यी कम्पनीले सर्वसाधारणका लागि कुल ३ करोड ९२ लाख ७२ हजार २९४ कित्ता आइपीओ बिक्री गरेका छन्। आइपीओ बिक्रीबाट यी कम्पनीले कुल ३ अर्ब ९२ करोड ७२ लाख २९ हजार ४०० रुपैयाँ पुँजी जुटाएका छन्।

धितोपत्र बोर्डको पाइपलाइनमा अझै ७३ वटा कम्पनीको आइपीओ रहेका छन्। यी कम्पनीले कुल ३७ करोड १४ लाख १३ हजार ३८३ कित्ता आइपीओ बिक्री गरेर ५३ अर्ब ८४ करोड २४ लाख ९२ हजार ६६१ रुपैयाँ पुँजी संकलनको तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS