IME Life New

एसियामा प्राकृतिक प्रकोपबाट हुने क्षतिको १० भागमात्रै बीमाको सुरक्षा छातामुनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियामा प्राकृतिक प्रकोपबाट हुने क्षतिको १० भागमात्रै बीमाको सुरक्षा छातामुनि रहेको देखिएको छ।

भेरिस्कको सन् २०२५ को ग्लोबल मोडेल गरिएको विपद् क्षति प्रतिवेदनअनुसार एसियाले बीमाको ठूलो सुरक्षा खाडलको सामना गरिरहेको छ। ‘प्राकृतिक प्रकोपबाट हुने आर्थिक क्षतिको बीमाले मात्र १२ प्रतिशत समेट्छ’, प्रतिवेदनमा भनिएको छ, ‘जुन ल्याटिन अमेरिकामा ३२ प्रतिशत र उत्तर अमेरिकामा ४८ प्रतिशत रहेको छ।’

Esewa
Crest

अध्ययन प्रतिवेदनले विश्वव्यापी मोडेल गरिएको बीमा गरिएको औसत वार्षिक सम्पत्ति क्षति (एएएल) सन् २०२४ बाट ३२ अर्ब डलरले बढेर १५२ अर्ब डलर पुगेको उल्लेख छ।

प्रतिवेदनअनुसार विगत ५ वर्षमा प्राकृतिक प्रकोपबाट बीमांकृत सम्पत्तिको क्षति प्रतिवर्ष औसत १३२ अर्ब डलर थियो। जुन अघिल्लो ५ वर्षको अवधिमा १०४ अर्ब डलर थियो। यो वृद्धिले मुद्रास्फीति, सहरीकरण, जलवायु परिवर्तन र बारम्बार हुने घटनालाई प्रतिबिम्वित गर्दछ।

पुनरावर्ती खतराहरुले अब प्रमुख घटनाहरुको तुलनामा दोब्बर दरले क्षति पुर्याइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS