IME Life New

बीमा प्राधिकरणको आरबीसी कार्यान्वयनको एक वर्ष: प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तर्क्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज काठमाडौंमा नेपाली बीमा उद्योगमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको एक वर्ष : प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा उद्योगमा आरबीसी कार्यान्वयनको एक वर्षको अवधिमा हासिल भएका प्रगति, आइपरेका चुनौती र आगामी मार्गका सम्बन्धमा विस्तृत छलफल गरी बीमकहरूका राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

Esewa
Crest

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूका आरबीसी सम्बन्धी प्रतिवेदनहरू त्रैमासिक रूपमा विश्लेषण गर्ने प्रक्रिया प्राधिकरणले शुरू गर्ने जानकारी दिए ।

अध्यक्ष ओझाले भने, ‘‘बीमा कम्पनीहरूको वित्तीय विवरण पुस मसान्तभित्र स्वीकृत हुनुपर्छ भन्ने बीमा ऐनको बाध्यकारी व्यवस्था हो, ऐन बमोजिम पुस मसान्तभित्र वित्तीय विवरण स्वीकृत गराउने प्राधिकरणको प्रयास हो, यो प्रयासमा सहजीकरण गर्न प्राधिकरणको टिम तयार छ, बीमा कम्पनीहरूले पनि समयमैं वित्तीय विवरण स्वीकृत हुने गरी कार्य अगाडि बढाउनुपर्छ, समयमै विवरण बुझाउँदा बीमकलाई नै राम्रो हुन्छ ।’’

बीमा कम्पनीहरूले उचित प्रतिफल सुनिश्चित हुने गरी ठीक किसिमले लगानीको प्रस्ताव गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष ओझाले भने, ‘‘बीमा कम्पनीहरूले लगानी विविधीकरण गर्नुपर्छ तर ठीक ठाउँमा, कम्पनीहरूबाट प्रतिफल सुनिश्चित हुने गरी वास्तविक क्षेत्रमा ठीक तरिकाले लगानीको प्रस्ताव आउनुपर्छ, लगानीको प्रस्ताव गर्नुअघि कम्पनीका लगानी समितिले पर्याप्त अध्ययन विश्लेषण गर्नुपर्छ, जनताको पैसा सुरक्षित हुनुपर्छ ।’’

हाम्रो देश जस्ता देशहरूको अभ्यासलाई हेरेर क्यापिटल चार्जको व्यवस्था गरिएको र यो बढी भएमा समयानुकूल सुधार गर्न प्राधिकरण तयार रहेको जानकारी दिँदै अध्यक्ष ओझाले बीमा उद्योगले सरकारले जारी गर्ने ऋणपत्रमा लगानी गर्न प्रयास शुरू गर्नुपर्ने र त्यसका लागि छुट्टै संयन्त्रक आवश्यक पर्ने बताए ।

अध्यक्ष ओझाले प्राधिकरणले सबै निर्देशिकाहरूलाई एकीकृत गरी परिमार्जन गर्न लागिरहेको उल्लेख गर्दै त्यसमा बीमकहरूबाट सुझावहरूको अपेक्षा गरे ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले आरबीसी कार्यान्वयन हाल संक्रमणको अवधिमा रहेको उल्लेख गर्दै जोखिम न्यूनीकरण गर्ने साझा उद्देश्य प्राप्तिमा दृढताका अगाडि बढ्न बीमा कम्पनीहरूसँग आग्रह गर्नुभयो ।
नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल अधिकारीले सबैजसो बीमकले आरबीसीको टार्गेट पूरा गरेको बताए ।

नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल तथा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले बीमा उद्योगमा आरबीसी कार्यान्वयन ठूलो उपलब्धी भएको बताउँदै आगामी दिनमा यसलाई अझ परिस्कृत गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मला मल्लले आरबीसी कार्यान्वयनका प्रगति, विद्यमान चुनौती र आगामी मार्ग सम्बन्धी प्रस्तुती दिएका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा आरबीसी फोकल पर्सनहरूको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS