IME Life New

साताको पहिलो दिन शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ११.५३ अंकले घटेर २६५०.११ को विन्दुमा बन्द भएको हो।

यो दिन नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढ्दा ८ वटा घटेका छन्। सर्वाधिक बढोत्तरी होटल तथा पर्यटनमा ६.५० प्रतिशतको देखिएको छ भने सर्वाधिक गिरावट वित्त समूहमा ३.७२ प्रतिशतको देखिएको छ।

Esewa
Crest

आज बजारमा ८२ कम्पनीको शेयरभाउ बढ्दा १६४ वटाको घटेको छ। बजारमा यो दिन करिब सवा १० अर्ब रुपैयाँको कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ६६ करोड १० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ६० करोड ६८ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ५४ करोड ६७ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ५३ करोड ३३ लाख रुपैयाँ
  • बुटवल पावरः ३२ करोड ५७ लाख रुपैयाँ
  • सोल्टी होटलः ३१ करोड १४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३० करोड ९८ लाख रुपैयाँ
  • अरुणा भ्याली हाइड्रोपावरः २६ करोड ७३ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः २६ करोड १३ लाख रुपैयाँ
  • एचआईडीसीएलः २४ करोड ८३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS