IME Life New

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट, १७ लाख आवेदकको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ आज मंगलबार बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको छ। आइपीओ बाँडफाँट कार्यक्रम बिहान ९ बजे राखिएको थियो।

कम्पनीले दोस्रो चरणमा गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल १६ लाख २० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो। जसमा ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकी १४ लाख ७६ हजार कित्ता सर्वसाधारणले आवेदन दिएका छन्।

Esewa
Crest

प्रभु क्यापिटलका अनुसार यो आइपीओमा २० लाख ५६ हजार ५७६ आवेदकबाट २ करोड ४५ लाख २९ हजार ५९० कित्ता शेयरका लागि खरिद आवेदन परेको छ। जसमा १८ लाख ४८ हजार २९८ आवेदकबाट परेको २ करोड १२ लाख ८२ हजार २४० कित्ता शेयर सदर भएको छ। बाँकी २ लाख ८ हजार २७८ आवेदकबाट परेको ३२ लाख ४७ हजार ३५० कित्ता शेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख ४७ हजार ६०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। सदर आवेदकमध्ये १७ लाख ६९८ जनाको हात खाली भएको छ।

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आवेदकहरुले अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल र आइपीओ जारी गर्ने कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सको वेबसाइटमा तथा सीडीएससीको मेरो शेयर तथा iporesult.cdsc.com.np मा गएर हेर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS