IME Life New

विश्वका शीर्ष १० मूल्यवान कम्पनीमा अमेरिकाको वर्चश्व, माइक्रोसफ्टलाई उछिन्ने दाउमा एनभिडिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका शीर्ष १० मूल्यवान कम्पनीको सूचीमा अमेरिकाको वर्चश्व देखिएको छ। यो सूचीमा ८ वटा अमेरिकी कम्पनी छन् भने साउदी अरब र ताइवानको १–१ वटा कम्पनी परेका छन्।

मूल्यावान कम्पनीको सूचीको शीर्ष स्थानमा माइक्रोसफ्ट रहेको छ। अमेरिकी दिग्गज टेक कम्पनी माइक्रोसफ्टको सहसंस्थापकका रुपमा बिल गेट्स रहेका छन्। यो कम्पनीको बजार पुँजीकरण ३.५५ ट्रिलियन डलर रहेको छ।

Esewa
Crest

दोस्रोमा चिप्स निर्माता कम्पनी एनभिडिया रहेको छ। यो पनि अमेरिकी कम्पनी हो। यसको बजार पुँजीकरण ३.५१ ट्रिलियन डलर रहेको छ। एनभिडिया दुईपटक विश्वकै मूल्यवान कम्पनी बनेको थियो। अहिले फेरि माइक्रोसफ्टलाई पछि पार्दै विश्वकै मूल्यवान कम्पनी बन्ने दाउमा एनभिडिया रहेको छ।

तेस्रो आइफोन निर्माता कम्पनी एप्पल रहेको छ। यो कम्पनी पनि अमेरिकी नै हो। यसको बजार पुँजीकरण ३ ट्रिलियन डलर रहेको छ।

यसैगरी चौथोदेखि छैटौँसम्म पनि अमेरिकी नै रहेका छन्। जसमा क्रमशः अमजेन, गुगलको माउ कम्पनी अल्फाबेट र फेसबुकको माउ कम्पनी मेटा रहेका छन्। अमेजनको बजार पुँजीकरण २.२३ ट्रिलियनन डलर, अल्फाबेटको २.०३ ट्रिलियन डलर र मेटाको १.७२ ट्रिलियन डलर रहेको छ।

साउदी अरबको सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी साउदी आरामको यो सूचीको सातौँ स्थानमा रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १.६० ट्रिलियन डलर रहेको छ।

त्यस्तै आठौँ स्थानमा अमेरिकी कम्पनी बोर्डकम, नवौँ स्थानमा ताइवानी कम्पनी चिप्स निर्माता कम्पनी टीएसएमसी र दसौँ स्थानमा वार्कशेयर हाथवे रहेको छ। यी कम्पनीको बजार पुँजीकरण क्रमशः १.१८ ट्रिलियन डलर, टीएसएमसीको १.०७ ट्रिलियन डलर र वार्कशेयर हाथवेको १.०५ ट्रिलियन डलर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS