IME Life New

खेलकुदमा निजी क्षेत्रको सहयोग र प्रायोजनका लागि राखेपको आह्वान, ‘खेलाडी बीमा’ प्राथमिकतामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेलकुदमा निजी क्षेत्रको सहयोग तथा प्रायोजनका लागि आह्वान गरेको छ। राखेपले खेलाडीको बीमालाई पनि प्राथमिकतामा राखेको छ।

राखेपले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२।८३ हुने खेलकुद प्रतियोगिताका लागि यस्तो आह्वान गरेको हो। नेपालको खेलकुद क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी, दिगो, मितव्यायी र व्यावसायिक बनाउन निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक देखिएको राखेपले जनाएको छ।

Esewa
Crest

त्यसका लागि राखेप र निजी क्षेत्रबीच दीर्घकालीन सहकार्यको वातावरण सिर्जना गरी चालु आर्थिक वर्षमा आयोजना हुने खेलकुदसम्बन्धी प्रतियोगिता तथा कार्यक्रममा आफूले गर्न सक्ने बढीभन्दा बढी कार्यहरुमा प्रायोजन गर्न इच्छुक निजी कम्पनी, संस्था वा व्यक्तिलाई १५ दिनभित्र राखेपको प्रतियोगिता विभागमा प्रस्ताव पेस गर्न आह्वान गरिएको छ।

यस्ता छन् सहकार्यका शीर्षकहरु

  • खेल क्षेत्रमा आर्थिक, सामग्रीगत वा अन्य सहयोग गर्ने।
  • खेल पूर्वाधार निर्माण तथा खेलस्थल व्यवस्थापन।
  • खेल सामग्री र पोसाक सेट।
  • नगद पुरस्कार, जिन्सी पुरस्कार, खेलाडी भ्रमण खर्च तथा खाना खाजा।
  • उद्घाटन तथा समापन कार्यक्रम।
  • मेडल, ट्रफी, विज्ञापन तथा मिडिया कभरेज आदि।
  • खेलाडी बीमा।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS