IME Life New

वर्णबास म्युजियम होटलको शेयरमा साढे १२ करोड लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले वर्णबास म्युजियम होटलको शेयरमा साढे १२ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

आज असार ३० गते एनआरएन इन्फ्रास्ट्रक्चर र वर्णबास म्युजियम होटलबीच शेयर खरिद सम्झौता भएको हो। सम्झौताबमोजिम एनआरएन इन्फ्रास्ट्रक्चरले वर्णबास म्युजियम होटलको जारी पुँजीको ९.०९ प्रतिशत (संस्थापक शेयरमध्येको १४.२ प्रतिशत) स्वामित्व रहने गरी लगानी गर्ने छ।

Esewa
Crest

यो सम्झौताअनुसार एनआरएन इन्फ्रास्ट्रक्चरले प्रतिकित्ता १२५ रुपैयाँ दरले वर्णबास म्युजियम होटलको १० लाख कित्ता संस्थापक शेयर खरिद गर्नेछ। शेयर खरिदसँगै वर्णबास म्युजियम होटलको सञ्चालक समितिमा एनआरएन इन्फ्रास्ट्रक्चरका तर्फबाट न्यूनतम एकजना सञ्चालकको प्रतिनिधिको सुनिश्चित गर्ने सम्झौतामा उल्लेख छ।

वर्णबास म्युजियम होटल काठमाडौंको शुवर्ण शमशेर मार्गमा रहेको छ। यो लक्जरी हेरिटेज बुटिक होटल हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS