IME Life New

सुरक्षित आर्थिक भविष्य निर्माण गर्न वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक भविष्य निर्माण गर्न वित्तीय अनुशासन पालना गर्न सबैलाई सुझाव दिएको छ।

केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज सचेतनामूलक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। ‘आफूले कमाएको रकमको केही हिस्सा आपतकाली समयमा वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्छ’, राष्ट्र बैंकले भनेको छ, ‘यसले अनावश्यक खर्च गर्नबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनावसमेत कम गर्छ।’

Esewa
Crest

त्यसैले आफ्नो आम्दानी र खर्चको सूची बनाउने बानी बसाल्न, मासिक बजेट बनाउन, अनावश्यक कुरामा खर्च नगर्न, अनिवार्य रुपमा नियमित बचत गर्न, आवश्यक भएमा मात्र ऋण लिन र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानी विकास गर्न राष्ट्र बैंकले सुझाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS