IME Life New

डिजिटल बैंकिङका लागि अनसेक्योर्ड नेटवर्क प्रयोग नगर्न राष्ट्र बैंकको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङका लागि अनसेक्योर्ड नेटवर्क प्रयोग नगर्न सुझाव दिएको छ।

केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। डिजिटल बैंकिङ कारोबारका लागि सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि अनसेक्योर्ड नेटवर्क प्रयोग गर्दा व्यक्तिगत बैंकिङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

त्यस्ता नेटवर्कमा विभिन्न ह्याकर र वित्तीय अपराधीहरुसमेत जोडिएका हुन सक्ने भएकोले व्यक्तिको महत्वपूर्ण वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरुपयोग हुन सक्ने राष्ट्र बैंकले चेतावनी दिएको छ। ‘तसर्थ आफ्नो व्यक्तिगत तथा बैंकिङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्कमार्फत मात्र अनलाइन बैंकिङ कारोबार गर्नुपर्दछ’, सूचनामा भनिएको छ।

यसका साथै अनलाइन बैंकिङ कारोबार गर्दा बैंकको आधिकारिक वेबसाइट र एप्लिकेसनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय–समयमा परिवर्तन गर्नुपर्ने सुझाव राष्ट्र बैंकले दिएको छ। ‘त्यसैले सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा सचेत रहौँ’, राष्ट्र बैंकले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS