IME Life New
GBIME

प्राधिकरणको सुदूरपश्चिम प्रदेशद्वारा भजनी नगरपालिकामा बीमा अन्तर्क्रिया सम्पन्न

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालयले भजनी नगरपालिकामा बीमा अन्तर्क्रिया सम्पन्न गरेको छ । प्रदेश तथा स्थानीय सरकार, कृषक, बीमा कम्पनी, बैंकका तथा वित्तीय संस्था, महिला, आर्थिक पत्रकार, विद्यार्थी, लगायत आम नागरिक एवं सरोकारवालाहरुमा बीमा सम्बन्धी सचेतना जगाउन तथा आवश्यक जानकारी उपलब्ध गराई बीमाको पहुँच अभिवृद्धि गर्नको लागि एउटा सशक्त माध्यमको रुपमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम हुनसक्ने विषयलाई मध्यनजर गर्दै नेपाल बीमा प्राधिकरणले विगतका वर्षहरु देखिनै प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधिहरू, विद्यार्थी लागायत अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्दै आईरहेको सन्दर्भमा प्राधिकरणको आर्थिक वर्ष २०८०।८१ को स्वीकृत वार्षिक कार्यक्रममा पनि प्रदेश तथा स्थानीय सरकार, विद्यार्थी, जनप्रतिनिधि लगायतका सरोकारवाला निकायहरुसँग अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।

सोही अनुरुप नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली जिल्लाको भजनी नगरपालिकामा नगरपालिकाका प्रमुख केवल चौधरीको प्रमुख आतिथ्यता एवं नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुर्य बहादुर सिंहको विशेष अतिथ्यतामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

Crest

उक्त कार्यक्रममा नगर कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्ष एवं सदस्यहरु, पालिकाका कर्मचारीहरू, स्थानिय विद्यालयका शिक्षक, कृषि ज्ञान केन्द्र तथा पशु विज्ञ केन्द्रका प्रतिनिधिहरू, पालिकाका कर्मचारीहरु, जीवन तथा निर्जीवन बीमकका शाखा प्रमुखहरु, स्थानीय व्यवसायी तथा किसानहरु, अभिकर्ताहरु र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम प्रदेशमा अवस्थित भजनी नगरपालिका कैलाली जिल्लाका १३ वटा स्थानीय तहमध्ये महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको स्थानीय तह हो । उक्त गाउँपालिको कुल क्षेत्रफल १७६ वर्ग कि।मी। रहेको छ भने कुल जनसंख्या ५१,८४५ रहेको छ भने यो पालिकालाई ९ वटा वडामा विभाजित छ ।

बैशाख २२ गते गरिएको उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयबाट बीमा सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रमको उद्देश्य, प्राधिकरणको संक्षिप्त परिचय, प्राधिकरणको काम, कर्तव्य र अधिकारक्षेत्र, बीमा सम्बन्धी कानूनी व्यवस्थाहरु, बीमा गर्दा ध्यान दिनुपर्ने विषयहरु, जीवन एवं निर्जिवन बीमाको दावी भुक्तानि प्रक्रिया एवं आवश्यक कागजातहरु, बीमा क्षेत्रबाट सम्पादन भएका बीमा गतिविधिहरु, बीमाको विकासमा स्थानीय तहको भूमिका र आम नागरीकलाई बीमासँग जोड्नको लागि स्थानीय सरकारलाई प्राधिकरणबाट हुन सक्ने सहयोग लगायतका विषयवस्तु समेटीएको कार्यपत्र प्रस्तुत भएको थियो । साथै, उक्त कार्यक्रममा बीमालाई स्थानीय तहको बजेट एवं कार्यक्रमा नीतिगत रुपमै समावेश गर्ने र स्थानीय तहले बीमाशुल्कमा अनुदान प्रदान गरी आम नागरीकालार्इ बीमासँग जोड्न प्रोत्साहन गर्न सक्ने विषयमा छलफल भएको थियो ।

उक्त कार्यक्रमा नगरपालिकाका प्रमुख केवाल चौधरीले भजनी नगरपालिका कैलाली जिल्लाकै धेरै बाढी डुवानयुक्त क्षेत्र भएकोले उक्त क्षेत्रको किसानलाई कृषि बीमा मार्फत कसरी रक्षावरण गर्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए ।

कार्यपालिका सदस्य र पालिकामा कार्यरत कर्मचारीहरुको बीमा पालिकाबाटनै हुँदै आएको विषय उल्लेख गर्दै प्रमुखले बीमा दाबी भुक्तानीका सम्बन्धमा देखिएका समस्याहरूको निराकरण गर्नका लागि प्राधिकरणले सशक्त पहल गर्नुपर्ने र पालिकाभित्रका नागरीकको सम्पति तथा जीवनको आर्थिक रक्षावरणको लागि प्राधिकरणसँग समन्वय गरी अगाडी बढ्ने व्यहोरा समेत प्रष्ट गरे ।

कार्यक्रममा नगर प्रमुखले सरल एवं सहज रुपमा बीमा दाबी भुक्तानी हुने व्यवस्था मिलाउन र बीमाप्रतिको आम नागरीको बीमाप्रतिको विश्वास बढाउन बीमा कम्पनीहरूले जिम्मेवारपुर्वक कार्य गर्नुपर्ने र प्राधिकरणले उक्त कार्यको प्रभावकारी नियमन गर्नुपर्ने वियषमा जोड दिन समेत सुझाव समेत दिए ।

कार्यक्रममा उपस्थितहरुले, दावी भुक्तानीमा प्रकियागत झन्झटि रहेको, बंगुर एवं पशुजन्य बीमा बजारमुल्य भन्दा न्युन मुल्यमा हुने गरेको, इन्जिनियरिङ्ग बीमाको डकुमेन्टेसनमा समस्या देखिएको, कोरोना बीमाको दाबि भुक्तानी हालसम्म हुन नसक्दा बीमा प्रतिको विश्वासमा ह्रास आएको लगायतका समस्या समस्याहरुलाई सहज रुपमा समाधान गर्न प्राधिकरणले समन्वयनकारी भुमिका निर्वाह गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

कार्यक्रममा उठेका सवालहरुको जवाफ दिँदै प्रधिकरणका प्रदेश कार्यालय प्रमुख केदार नाथ भट्टले बीमा कम्पनीहरुले आम नागरीकको विश्वास जित्न र बीमाप्रतिको धारणालाई सकारात्मक बनाउन क्षणिक लाभको पछी नलागी दिर्घकालिन सोचसहीत बीमा गर्न बीमकका शाखा प्रमुखहरुलाई सुझाव दिए ।

साथै, उनले पशुपन्छी एवं सम्पत्तिको बास्तविक मुल्यकै आधारमा बीमा गर्न बीमकका शाखा प्रमुखहरुलाई निर्देशन दिँदै बीमाको सम्बन्धमा कुनै समस्या परेमा प्राधिकरणको प्रदेश कार्यालयमा सम्पर्क गर्न समेत सहभागीहरुलाई आग्रह गरे ।

नेपाल सरकारबाट निकासा भएपछिमात्र कोरोना बीमाको दाबी रकम भुक्तानी हुने व्यहोरा अनुरोध गर्दै कार्यालय प्रमुख भट्टले पालिकासँग समन्वय गरी आवश्यक सहयोग गर्न प्राधिकरण सदैव तयार रहेको र सो कार्यको लागि पालिकाबाट बीमा सम्बन्धमा फोकल पर्सन तोकि आवश्यक समन्वय गर्न समेत आग्रह गरे ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS