IME Life New

नियम मिच्ने बीमक र पुनर्बीमकमाथि प्राधिकरणको एक्सन, कसलाई कस्तो कारबाही ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नियम मिच्ने बीमक र पुनर्बीमकमाथि कारबाही गरेको छ।

प्राधिकरणले हिमालयन लाइफ, नेपाल लाइफ, एसियन लाइफ, ओरिएन्टल इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीमाथि कारबाही गरेको हो। ‘बीमा ऐनविपरीतका कार्य गरेका ती कम्पनीहरुमाथि कारबाही गरिएको छ’, प्राधिकरणकी प्रवक्ता एवं निर्देशक पुजन ढुंगेल अधिकारीले भनिन्, ‘नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ। बाँकी बीमा कम्पनीहरुलाई २–२ लाख रुपैयाँ जरिवाना गरिएको छ।’

Esewa
Crest

ढुंगेलका अनुसार नियम मिच्ने एलियन्ट पुनर्बीमा ब्रोकर कम्पनीको लाइसेन्स (इजाजतपत्र) ३ महिनाका लागि निलम्बन गरिएको छ।

ती बीमकलाई बीमा ऐन, २०७९ को दफा १३८ (४) बमोजिम प्राधिकरणले कारबाही गरेको हो। यस दफाले ऐनअन्तर्गत बनेका नियम, विनियम वा निर्देशन वा आदेश विपरीत बीमकले कार्यमा वा प्राधिकरणले जारी गरेको निर्देशन तथा आदेश पालना नगरेमा वा ऐनबमोजिमको रित नपुर्याई बीमा व्यवसाय गरेमा वा झुट्टा विवरण तयार गरेमा प्राधिकलो पहिलोपटक २ लाख रुपैयाँ, दोस्रो पटक २५ लाख रुपैयाँ र तेस्रो पटकदेखि प्रत्येक पटक ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS