काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन२०७९ को प्रावधान अन्तर्गत प्राधिकरणलाई प्रत्यायोजित विधायीका अधिकारको प्रयोग गरेर जारी गरिएकामध्ये १२ वटा निर्देशिका कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता गराएको छ।
प्राधिकरणका अनुसार, बीमकको संस्थागत सुशासन सम्बन्धी(दोश्रो संशोधन) निर्देशिका, बीमकको मुद्दती निक्षेपमा लगानीको एयरमार्क (Earmark) सम्बन्धी मार्गदर्शन, जोखिम आधारित पूँजी तथा सोध क्षमता निर्देशिका (Risk Based Capital and Solvency Directive-Registered, 2025), बीमकको पुनर्बीमा निर्देशिका (पहिलो संशोधन) ,२०८०, सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८२, बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२, बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२ दर्ता गरिएको छ।
यसैगरी लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धि निर्देशिका( Guidelines on Targeted Financial Sanctions for Insurer- 2025), बीमाङ्की नियुक्ति सम्बन्धि निर्देशिका (Guideline Related to Actuary Appointment for Insurers (First Amendment), 2024), मार्क टु मोडेल विधि मार्फत् सम्पत्ति मूल्याङ्कन सम्बन्धि निर्देशिका (Guidelines for Valuation of Assets using Mark-to-Model Approach) र सूचकाङ्कमा आधारित बीमा निर्देशिका दर्ता गराइएको प्राधिकरणले जानकारी दिएको छ।












