IME Life New

बीमितलाई डिजिटल बीमालेख उपलब्ध गराउने सुविधा लागू गर्न प्राधिकरणको अल्टिमेटम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमितका लागि डिजिटल बीमालेख उपलब्ध गराउने प्राविधिक पूर्वाधार सुनिश्चित गर्न इजाजत प्राप्त सबै बीमकलाई निर्देशन जारी गरेको छ।

प्राधिकरणले चैत्र ६ गतेको मितिमा जारी गरेको परिपत्रमा, बीमितलाई इमेल ठेगाना र बीमितको मोबाइल नम्बर भएको बीमितको विद्युतीय ठेगानामा डिजिटल बीमालेख उपलब्ध गराउनुपर्ने निर्देशन दिइएको छ। साथै निर्जीवन बीमामा बैंक आबद्ध भएको बीमालेखको हकमा बैंकको अतिरिक्त सम्बन्धित ऋणी (प्राथमिक बीमित) लाई समेत त्यस्तो बीमालेख इमेल वा विद्युतीय ठेगानामार्फत उपलब्ध गराउनुपर्ने भएको छ।

Esewa
Crest

विद्युतीय बीमालेख उपलब्ध भएको अवस्थामा बीमालेख हराउने, चोरी हुने, च्यातिने वा खुइलिने समस्याबाट बीमितले मुक्ति पाउनेछन् । उनीहरूले आफ्नो बीमालेखलाई इमेलमा वा अन्य कुनै डिजिटल स्टोरमा अभाैतिकरूपमा भण्डारण गर्न सक्नेछन् । र, चाहिएका बेला जुनसुकै ठाउँमा र जतिसुकै बेला पनि पहुँच राख्न सक्नेछन् । बीमालेख सम्बन्धि दाबी लगायतका कुनै पनि सेवाका लागि कागजी बीमालेख पेश गर्नुपर्ने बाध्यता हुनेछैन।

यसबाहेक निर्जीवन बीमकले विद्युतीय स्वरूपमा सर्भे प्रतिवेदन अपलोड गर्नुपर्ने गरी तयार पारिएको सर्भे सूचना प्रणाली लागू गर्न समेत प्राधिकरणले निर्देशन जारी गरेको छ ।

प्राधिकरणले यी दुबै निर्देशन लागू गर्न २०८३ जेठ ३१ गते अर्थात् झण्डै ५० दिनको समय सीमा तोकेको छ।

परिपत्रमा डिजिटल प्रविधिमा आधारित अन्य सेवाबारे पनि प्राधिकरणले निर्देशन दिएको छ।

जीवन बीमकले प्राधिकरणबाट जारी तथा संशोधन गर्न स्वीकृति लिएका सबै बीमालेखहरूको र निर्जीवन बीमकको हकमा इन्जिनियरिङ र हवाई बीमा बाहेक बीमादर लागू भएका अन्य सबै बीमालेखको सरोकारवालाले आफैंले बीमाशुल्क गणना गर्न सक्ने गरी प्रिमियम क्यालकुलेटर तयार गरी आफ्नो बेवसाइटमा राख्नुपर्ने भएको छ। बीमकले प्राधिकरणबाट स्वीकृति लिएका बीमालेखहरू संशोधन समेत स्वीकृति तथा संशोधन मिति सहित आफ्नो बेवसाइटमा राख्नुपर्नेछ ।

बीमकले यी सेवाहरू चैत्र १५ गते भित्रमा लागू गरिसक्नुपर्नेछ।

यसअघि प्राधिकरणले बीमा सेवामा सूचना प्रविधि र डिजिटल प्रविधिमा आधारित सेवा समावेश गर्नका लागि २०८१ बैशाख ७ गते डिजिटल पोलिसी गाइडलाइन २०२४ जारी गरेको छ। निर्देशिकामा बीमकले डिजिटल प्रविधिमा आधारित सेवा प्रवाहका लागि गर्नुपर्ने व्यवस्थाबारे स्पष्ट प्रावधानहरू समेटिएका छन्।

डिजिटल प्रविधिको महत्व बुझेका केही बीमकले प्राधिकरणले निर्देशिका जारी गर्नु अघि नै सेवामा डिजिटाइजेशनको प्रयोग उल्लेख्यरूपमा गरेपनि केही बीमकले निर्देशिका जारी भएको एक वर्ष पुरा भइसक्दा समेत सकृयता नदेखाएपछि प्राधिकरणले परिपत्र नै जारी गर्नुपरेको हो।

डिजिटल पोलिसी गाइडलाइन २०२४ को मुख्य व्यवस्थाहरूः 

  • वेबसाइट र मोबाइल एप्समा प्रत्येक बीमालेखको लागि “प्रिमियम क्याल्कुलेटर” को सुविधा हुनुपर्ने।
  • मासिक, त्रैमासिक, अर्द्ध वार्षिक र वार्षिकरूपमा भुक्तानी गर्दा लाग्ने बीमाशुल्कबारे जानकारी दिनुपर्ने ।
  • प्रत्येक बीमितलाइ डिजिटल पहिचान संकेत नम्बर उपलब्ध गराउनुपर्ने।
  • पुराना र नयाँ सबै खाले बीमितलाई अभाैतिक रूपमा बीमालेख उपलब्ध गराउनुपर्ने।
  • बीमितले अनुरोध गरेमा डिजिटल बीमालेखको मुद्रित प्रतिमा भौतिक रूपमा छाप लगाइएर उपलब्ध गराउनुपर्ने।
  • डिजिटल बीमालेख जारी गर्नुपर्ने।
  • डिजिटल बीमालेख जारी गर्ने कार्यविधि (म्यानुअल) लागू गर्नुपर्ने।
  • डिजिटल माध्यमबाटै बीमालेख अन्तर्गतको कुनै पनि दाबीको निवेदन दर्ता गर्ने र दाबी रकम प्राप्त गर्ने सुविधा हुनुपर्ने।
  • डिजिटल बीमालेखहरू जारी गर्न नयाँ प्रकारका डिजिटल माध्यमहरू सिर्जना गर्न र प्रयोग गर्न सक्ने।
  • डिजिटल माध्यमहरू मार्फत डिजिटल बीमालेखको प्रणाली समय-समयमा अद्यावधिक गर्नुपर्ने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS