IME Life New

बीमकको सम्पत्ति खरिदबिक्रीमा प्राधिकरणको कडा नियम लागू, डिजिटल निगरानी गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकहरुको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ निर्देशिका, २०८२ जारी गरेको छ। पुरानो २०८१ को निर्देशिकालाई विस्थापित गर्दै ल्याइएको यो नयाँ व्यवस्थाले विशेषगरी प्रविधिमैत्री अभिलेखीकरण र संस्थागत सुशासन र पारदर्शितामा नयाँ मापदण्डहरु तोकेको छ।

१. डिजिटल अभिलेखीकरण र जीआईएस अनिवार्य

Esewa
Crest

नयाँ निर्देशिकाको सबैभन्दा नवीन पक्ष डिजिटल रिपोर्टिङ हो। अब बीमकहरुले आफूले खरिद गरेका वा स्वामित्वमा रहेका सबै स्थिर सम्पत्तिहरुको विवरण, पछिल्लो फोटो र जीआईएस लोकेसनसहित प्राधिकरणले तोकेको डिजिटल ड्यासबोर्डमा प्रविष्ट गर्नुपर्नेछ। प्राधिकरणले स्थिर सम्पत्तिको वास्तविक अवस्थिति र अवस्थाबारे प्रत्यक्ष निगरानी गर्ने उद्देश्यले यो व्यवस्था लागू गरेको हो।

२. वातावरणीय संवेदनशीलता

प्राधिकरणले पहिलोपटक वातावरणीय दिगोपनालाई निर्देशिकामा समेटेको छ। बीमकले आफ्नो कार्यालय प्रयोजनका लागि घर खरिद वा निर्माण गर्दा ऊर्जा दक्षता सुनिश्चित हुने गरी ‘हरित भवन’ का मापदण्डहरुलाई प्राथमिकता दिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

३. सम्पत्ति उपयोगिता परीक्षण

बीमकले किनेका सम्पत्तिहरु कुन प्रयोजनमा प्रयोग भइरहेका छन् भन्ने हेर्न प्राधिकरणले अब समय–समयमा ‘उपयोगिता परीक्षण’ गर्न सक्नेछ। विशेषगरी व्यावसायिक प्रयोजनमा दिइएका सम्पत्तिको भाडादर बजारमूल्यअनुसार भए नभएको यसै परीक्षणमार्फत हेर्ने भएको छ।

४. ‘ह्विसलब्लोअर’ र ‘फिट एन्ड प्रोपर’ टेस्ट

संस्थागत सुशासन कायम गर्नका लागि कम्पनीहरुले आन्तरिक रुपमा ‘ह्विसलब्लोअर’ (खबरदारी) संयन्त्र स्थापना गर्नुपर्नेछ। सम्पत्ति खरिद–बिक्रीमा कुनै कैफियत भएमा यसै संयन्त्रमार्फत गोप्य रुपमा प्राधिकरणलाई जानकारी दिन सकिनेछ। साथै, सम्पत्ति मूल्यांकन गर्ने मूल्यांकनकर्ता र कानुनी सल्लाहकारको व्यावसायिक आचरण (फिट एन्ड प्रोपर टेस्ट) को जिम्मेवारीसमेत बीमक स्वयंको हुने व्यवस्था गरिएको छ।

५. खरिदका लागि कडा सर्तहरु

कार्यालय प्रयोजनबाहेक अन्य (व्यावसायिक) प्रयोजनका लागि घरजग्गा खरिद गर्न कम्पनीहरुको पूर्वसञ्चालन खर्च पूर्ण रुपमा अपलेखन भएको हुनुपर्ने र सर्वसाधारणमा शेयर जारी गरी पहिलो साधारणसभा सम्पन्न भएको हुनुपर्नेछ। यसबाहेक विगत दुई वर्षदेखि निरन्तर खुद मुनाफामा रहेको र सञ्चित नोक्सानी नभएको हुनुपर्ने र न्यूनतम १३० प्रतिशत सोल्भेन्सी मार्जिन कायम भएको हुनुपर्नेछ।

६. नेटवर्थको सीमा र बिक्री योजना

बीमकले आफ्नो नेटवर्थको ३० प्रतिशत सीमाभित्र रहेर मात्र स्थिर सम्पत्ति खरिद गर्न पाउनेछन्। यदि लगानीका लागि किनेको घरजग्गा ५ वर्षसम्म प्रयोगमा नआएमा अनिवार्य रुपमा ‘बिक्री योजना’ प्राधिकरणमा बुझाउनुपर्नेछ। यसका साथै नेटवर्थको १० प्रतिशतभन्दा बढी मूल्यको सम्पत्ति एकै वर्षमा बिक्री गरेमा प्राधिकरणलाई जानकारी दिनुपर्नेछ।

नयाँ निर्देशिकाले बीमा कम्पनीहरुलाई घरजग्गामा जथाभावी लगानी गर्न रोक्ने र भएका सम्पत्तिहरुको पारदर्शी अभिलेख राख्न बाध्य पार्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS