काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा बजारको सुधारका लागि विभिन्न विषयमा अध्ययन गरेको छ।
आज अर्थ समितिले छलफल गर्न बीमा प्राधिकरणलाई बोलाएको थियो। बीमा प्राधिकरणबाट अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक सुशीलदेव सुवेदी अर्थ समितिमा पुगेका थिए।
छलफलका क्रममा बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२।८३ मा बीमा बजार सुधारका लागि गरिएको अध्ययन तथा अनुसन्धान विषयमा जानकारी गराएको छ।
यस्ता छन् अध्ययन तथा अनुसन्धानका विषय
- जलविद्युत बीमा तथा जलविद्युत बीमा पुलसम्बन्धी अध्ययन
- बीमा सूचना केन्द्रसम्बन्धी अध्ययन
- जीवन बीमामा व्यतित तथा समर्पण हुने बीमासम्बन्धी अध्ययन
- सम्पत्ति शुद्धीकरणअन्तर्गत राष्ट्रिय जोखिम मूल्यांकन
- बीमाको अन्तर्राष्ट्रिय सिद्धान्तको नेपालमा उपयोगसम्बन्धी अध्ययन
- बीमांकीको नियुक्तिसम्बन्धी व्यवस्थाको ग्याप विश्लेषण
- लघु बीमासम्बन्धी अध्ययन












