IME Life New

अब मौद्रिक नीतिसम्बन्धी मस्यौदालाई तीन खण्डमा विभाजन गरी तर्जुमा गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब मौद्रिक नीतिसम्बन्धी मस्यौदालाई तीन खण्डमा विभाजन गरी तर्जुमा गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ मा दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था थप गरिएको हो। संशोधित कार्यविधिमा ५(क) थप गरी मौद्रिक नीतिको ढाँचा राखिएको छ।

Esewa
Crest

अब मौद्रिक नीतिसम्बन्धी मौस्यादा तयार गर्दा चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका व्यवस्थाको समीक्षा र प्रगति विवरण समावेश गर्नुपर्नेछ।

त्यस्तै समष्टिगत आर्थिक स्थितिको समीक्षा, विश्लेषण तथा विभिन्न आर्थिक सवालहरुको विश्लेषणसहित तयार गरिने म्याक्रोइकोनोमिक रिपोर्ट पनि समावेश गर्नुपर्नेछ।

त्यसपछि मात्रै आगामी आर्थिक वर्षको मौद्रिक नीतिले तय गर्ने नीतिगत व्यवस्था समावेश गर्नुपर्नेछ।

संशोधित कार्यविधिको परिभाषामा (ञ) बुँदा थपिएको छ। यो बुँदामा ‘मस्यौदा’ भन्नाले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका व्यवस्थाको समीक्षा र प्रगति विवरण, समृष्टिगत आर्थिक स्थितिको समीक्षा, विश्लेषण तथा विभिन्न आर्थिक सवालहरुको विश्लेषणसहितको म्याक्रोइकोनोमिक रिपोर्ट र मौद्रिक नीति वा समीक्षाका लागि तयार प्रारम्भिक ड्राफ्ट गरी ३ वटा दस्तावेज सम्झनुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS