IME Life New

अब भारु २५ हजार नगद ल्याउन र लैजान सकिने, भारु २०० र ५०० दरका नोट साट्न मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब भारतीय रुपैयाँ २५ हजार नगदसम्म नेपालमा ल्याउन, नेपालबाट बाहिर लैजान र सटही गर्न पाइने भएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यो खुकुलो व्यवस्था ल्याएको हो। यसले भारतीय रुपैयाँमा कारोबार गर्न सहज हुने भएको छ।

Esewa
Crest

संशोधित व्यवस्थाअनुसार सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भातरु २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजारको सीमासम्म प्रचलित व्यवस्थाबमोजिम ल्याउन, लैजान र सटही गर्न सकिनेछ। यसअघि भारु १०० र सोभन्दा कम दरका भारतीय नोट तथा मुद्रा प्रचलित व्यवस्थाबमोजिम ल्याउन ल्याउन, लैजान र सटही गर्न पाउने व्यवस्था रहेको थियो।

केही वर्षअघि भारतले पुराना ठूला दरका ५०० र १ हजार दरका नोट चलनचल्तीबाट हटाएको थियो। त्यसपछि नेपालले पनि ती भारतीय नोटको कारोबारमा प्रतिबन्ध लगाउँदै साना दरका नोटमात्र प्रयोग गर्न निर्देशन जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS