IME Life New

अब जुनसुकै देशमा वैदेशिक रोजगारमा जाँदा गर्नुपर्ने मेडिकलको शुल्क एउटै, कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब सरकारले श्रम स्वीकृति प्रदान गरेको जुनसुकै देशमा वैदेशिक रोजगारमा जाँदा गर्नुपर्ने मेडिकलको शुल्क एउटै निर्धारण गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै मेडिकल व्यवसायीका नाममा परिपत्र जारी गर्दै एउटै मेडिकल शुल्क कायम गर्न निर्देशन दिएको हो। मन्त्रालयले आज मंसिर १० गतेदेखि लागू हुने गरी ३४ प्रकारका परीक्षणसमेत गर्नेगरी निर्धारण गरिएको मेडिकल शुल्क ९ हजार ५०० रुपैयाँ लिन निर्देशन दिएको छ।

Esewa
Crest

यसअघि मेडिकल व्यवसायीले वैदेशिक रोजगारमा जाँदा गर्नुपर्ने मेडिकलको शुल्क मलेसियाको हकमा ९ हजार ८०० रुपैयाँ लिँदै आएका थिए। अन्य देशको हकमा यो शुल्क ३ हजार ५०० सयदेखि ६ हजार ५०० रुपैयाँसम्म थियो।

अब भने सरकारले श्रम स्वीकृति प्रदान गरेको जुनसुकै देशमा वैदेशिक रोजगारका लागि जाँदा गरिने मेडिकल शुल्क एउटै निर्धारण गरिएको छ। यो पहल सकारात्मक रहेको मेडिकल व्यवसायीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS