IME Life New

अब मार्केट डेप्थमा अड लट खरिद-बिक्री आदेश देख्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आमलगानीकर्ताको मागबमोजिम नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज साउन १ गतेदेखि नेप्से वेबसाइटको मार्केट डेप्थमा अड लट खरिद तथा बिक्री आदेश देख्न सकिने बनाएको छ।

यसबाट आफूसँग अड लट धितोपत्र हुँदा खरिद-बिक्री गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासो सम्बोधन हुने विश्वास नेप्सेले लिएको छ। धितोपत्र कारोबार विनियमावली, २०७५ मा अड लट कारोबारसम्बन्धी व्यवस्था छ। यसअनुसार धितोपत्रको अंकित मूल्य रु. १० भएमा १०० कित्ता, अंकित मूल्य रु. १०० भएमा १० कित्ता र अंकित मूल्य रु. १००० भएमा एक कित्ताको कारोबारलाई बोर्ड लट भनिन्छ।

Esewa
Crest

विनियमावलीले उल्लिखितभन्दा कम कित्ताको कारोबारलाई अड लट कारोबार भनेर परिभाषित गरेको छ। अड लट कारोबारलाई मूल्य परिवर्तन सीमा र बजार परिसूचक गणनामा समावेश गरिँदैन।

धितोपत्रधनीले बोर्ड लटमा भएको धितोपत्रलाई टुक्र्याएर अड लट बनाउन नपाउने व्यवस्था विनियमावलीमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS