IME Life New

नर्भिक हस्पिटलले डाक्यो साधारणसभा, ४०% बोनस शेयर र २०% आइपीओ मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले वार्षिक साधारणसभा आह्वान गरेको छ।

कलेज सञ्चालक समितिको बैठकले यही भदौ २९ गते काठमाडौंको थापाथलीस्थित बीएलसी सभाकक्षमा मध्याह्न साढे १२ बजेबाट सभा सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।०८को मुनाफाबाट शेयरधनीहरुलाई कुल ४२.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २.११ प्रतिशत नगद लाभांश छन्।

सभाले संस्थाको जारी पुँजीको २० प्रतिशत आइपीओ जारी गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। बोनस शेयर वितरणपछि आवश्यकताअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले सञ्चालकहरुको निर्वाचनसँगै आइपीओ जारी गर्न सञ्चालक समितिबाट नियुक्त भएको धितोपत्र बिक्री प्रबन्धकको नियुक्ति अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS