IME Life New

ऋणीले कर्जाको ब्याज र साँवा तिर्न नसक्दा बैंकहरुमा बढ्यो निष्क्रिय कर्जा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको ऋणमध्ये निष्क्रिय कर्जाको अनुपात ५.२४ प्रतिशत पुगेको छ। यो अनुपात आर्थिक गत वर्ष २०८०।८१ मा जम्मा ३.९८ प्रतिशतमा सीमित रहेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार सन् २०२५ को मे मध्य (वैशाखसम्म) निष्क्रिय कर्जाको रकम २ खर्ब ८९ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०।८१ को वैशाख मसान्तको तुलनामा यो रकम ९५ अर्ब ८० करोड रुपैयाँ बढी हो । त्यसबेला निष्क्रिय कर्जा १ खर्ब ९३ अर्ब ७६ करोड रुपैयाँमात्र थियो।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको त्रैमासिक साँवा–ब्याज किस्ताबापतको रकम म्याद नाघेको ६ महिनासम्म पनि प्राप्त हुन नसकेको अवस्थामा स्वतः निष्क्रिय कर्जामा परिणत हुन जान्छ। त्यसैगरी ६ महिनादेखि १ वर्ष नाघेको भए शंकास्पद र १ वर्षको अवधि पूरा भए खराब कर्जाका रुपमा वर्गीकरण गरिन्छ।

ऋण असुलीमा समस्या देखिन थालेपछि राष्ट्र बैंकले गत मार्च महिनादेखि स्वीकार्य निष्क्रिय कर्जा अनुपात ५ बाट ८ प्रतिशत कायम गरेको थियो।

खराब कर्जा बढेसँगै गैरबैंकिङ सम्पत्ति गत वर्षको तुलनामा ६३.४५ प्रतिशतले बढेको छ। गैरबैंकिङ अघिल्लो वर्ष वैशाखसम्म २७ अर्ब ६० करोड रुपैयाँ रहेकोमा चालु वर्ष वैशाखसम्म ४५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS