IME Life New

निष्क्रिय कर्जाः कुन वाणिज्य बैंकको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा (एनपीएल) बढेको छ।

बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२ को वित्तीय विवरणअनुसार बैंकहरुको औसत एनपीएल बढेर ३.५३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष २०८०।८१ मा औसत एनपीएल ३.१५ प्रतिशत थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुको औसत एनपीएल १२.०७ प्रतिशतले बढेको छ।

Esewa
Crest

वाणिज्य बैंकहरुमध्ये १२ वटाको निष्क्रिय कर्जा बढेको छ भने ८ वटाको घटेको छ। सबैभन्दा कम एनपीएल एभरेष्ट बैंकको ०.३८ प्रतिशत देखिएको छ भने सबैभन्दा बढी हिमालयन बैंकको ७.२८ प्रतिशत पुगेको छ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा नबिल बैंकको एनपीएल ०.९५ प्रतिशत, ग्लोबल आइएमई बैंकको १.२३ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १.३५ प्रतिशत, एनएमबि बैंकको १.३७ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.४७ प्रतिशत रहेको छ।

यसैगरी गत आर्थिक वर्षमा सिद्धार्थ बैंकको एनपीएल २.६२ प्रतिशत, सानिमा बैंकको ३.०१ प्रतिशत, कृषि विकास बैंकको ३.२६ प्रतिशत, नेपाल एबीआई बैंकको ३.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.५९ प्रतिशत र माछापुच्छ्रे बैंकको ३.८३ प्रतिशत रहेको छ।

समीक्षा वर्षमा लक्ष्मी सनराइज बैंकको एनपीएल ४.२५ प्रतिशत, नेपाल बैंकको ४.४७ प्रतिशत, सिटिजन्स बैंकको ४.९४ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत र प्राइम कमर्सियल बैंकको ५.५६ प्रतिशत रहेको छ।

त्यस्तै एनआईसी एसिया बैंकको ६.२८ प्रतिशत र कुमारी बैंकको ६.४२ प्रतिशत एनपीएल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS