IME Life New

भारतमा बीमा जागरण अभियानमा निर्जीवन बीमकले भारू ४ अर्ब खर्चिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा सन् २०४७ सम्ममा सबैका लागि बीमा भन्ने अभियानलाइ सफल बनाउनका लागि निर्जीवन र पुनर्बीमक कम्पनीको छाता संस्था सामान्य बीमा परिषदले महत्वपूर्ण घोषणा गरेको छ।

परिषदको मंगलबारको बैठकले देशमा बीमाको पहुँच विस्तार गर्नका लागि आगामी तीन वर्षमा बीमा जागरण अभियानमा कम्तिमा ४ अर्ब भारतीय रूपैयाँ(६ अर्ब ४० करोड रूपैयाँ) खर्च गर्ने निर्णय गरेको हो।

Esewa
Crest

एशियनइन्स्योरेन्स पोष्टका अनुसार, जिआइसी रि र विदेशी पुनर्बीमा शाखाहरू सहित ४४ सदस्यीय परिषद्ले ‘राम्रो ग अच्छा किया बीमा लिया'(राम्रो गर्‍यौ, बीमा गर्‍यौ) भन्ने मूल मन्त्रका साथ १ अर्ब ५० करोड भारतीय रूपैयाँको लागतमा अभियान सञ्चालन गरेको थियो।

गहिरो ग्रामीण क्षेत्रहरूमा बस्नेहरू सहित ८० करोडभन्दा बढी भारतीयहरूलाई लक्षित गर्दै, यो अभियान पछिल्लो इण्डियन प्रिमियर लिग सिजनको क्रिकेट खेलका क्रममा सञ्चालन गरिएको थियो।

जीवन बीमा परिषद्ले पनि जीवन बीमा योजनाहरूको बारेमा जागरूकता फैलाउन राष्ट्रव्यापी विज्ञापन अभियानको योजना बनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS