IME Life New
GBIME

निर्जीवन बीमक: १० कम्पनीको नाफा घट्दा दुईको मात्रै बढ्यो, दुई घाटामा

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ /८२ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार दुई कम्पनीहरु ओरिएण्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनी घाटामा रहेका छन् । अघिल्लो वर्षको यसै अवधिको तुलनामा यस अवधिसम्ममा १० वटा कम्पनीको नाफा घटेको छ ।

नाफामा दुई कम्पनी
समीक्षा अवधिको वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्स कम्पनी र सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले मात्रै अघिल्लो वर्षको तुलनामा नाफा आर्जन गरेका छन् । शिखर इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनकिो नाफा १ दशलमव ७९ प्रतिशतले बढी हो ।

Crest

सानिमा इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा २३ करोड ३५ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २० करोड ९ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनकिो नाफा १६ दशलमव २१ प्रतिशतले बढी हो ।

१० कम्पनीको नाफामा गिरावट
यस तेस्रामे त्रैमासिक अवधिसम्मको वित्तीय विवरण हेर्दा १० कम्पनीको नाफा घटेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा २४ दशलमव ०३ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीको नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा २३ दशलमव ३७ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ३९ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नेको इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा २ दशलमव १६ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ४५ दशलमव २० प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ३३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ४३ दशलमव ३१ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ४७ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यता प्रभु इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ४८ दशलमव ८४ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले २० करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नेपाल इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३९ दशलमव ४४ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले १७ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ९ दशलमव ७८ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले १२ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५७ दशलमव ६५ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

दुई कम्पनी घाटामा
यस अवधिसम्ममा ओरिएण्टल इन्स्योरेन्स १३ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको छ भने नेशनल इन्स्योरेन्स ७२ करोड ८१ लाख रुपैयाँ घाटामा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS