IME Life New

निर्जीवन बीमकको व्यापारमा सामान्य सुधार, १० वटाको बढ्दा ४ वटाको घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुल चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिना साउनमा सवा ४ अर्ब रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको समीक्षा वर्षको साउनमा १४ वटा निर्जीवन बीमकले २ लाख १५ हजार २८५ वटा बीमालेख जारी गरेर ४ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०८१।८३ को साउनमा कम्पनीहरुले ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १.३७ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिमा १० वटा बीमकको व्यापार बढेको छ भने ४ वटा बीमकको घटेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले ओरिएन्टल इन्स्योरेन्स अगाडि रहेको छ।

चालु आर्थिक वर्षको साउनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४५ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष साउनमा कम्पनीले ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार २७.८९ प्रतिशतले घटेको छ।

दोस्रो धेरै व्यापार भित्र्याउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। चालु वर्षको साउनमा यो कम्पनीले ४१ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष साउनमा कम्पनीले ४५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ७.७९ प्रतिशतले घटेको छ।

शिखर इन्स्योरेन्स तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। समीक्षा अवधिमा कम्पनीले ४१ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १२.७६ प्रतिशतले बढेको छ।

यसैगरी चालु वर्षको साउनमा ओरिएन्टल इन्स्योरेन्सले ४१ करोड ३७ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३६ करोड ५२ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३४ करोड ४१ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ करोड ८१ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३२ करोड १ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले २९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ओरिएन्टल इन्स्योरेन्सको ४२.१५ प्रतिशत, हिमालयन एभरेस्ट इन्स्योरेन्सको १२.०१ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३७.७६ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १०.४४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४१ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको १६.७६ प्रतिशतले व्यापार बढेको छ।

चालु आर्थिक वर्षको साउनमा नेसनल इन्स्योरेन्सले २३ करोड ६ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २२ करोड ३६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २० करोड ७१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १६ करोड २७ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १२ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नेसनल, सानिमा जीआईसी र प्रभु इन्स्योरेन्सको व्यापार बढेको छ भने नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS