काठमाडौं । निर्जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को ११ महिना जेठसम्म ४४ अर्ब ३८ करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ महिनासम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले २६ लाख ५१ हजार १० वटा बीमालेख जारी गरेर ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को जेठसम्म कम्पनीहरुले २५ लाख ८७ हजार ३१५ वटा बीमालेख जारी गरेर ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १३.७१ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा चालु वर्षको जेठमा १४ वटै बीमकको व्यापार बढेको छ। जेठसम्म शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याउँदा भने व्यापार वृद्धिको हिसाबले एनएलजी इन्स्योरेन्स अगाडि रहेको छ।
चालु आर्थिक वर्षको जेठसम्म शिखर इन्स्योरेन्सले ५ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष जेठसम्म कम्पनीले ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १०.५२ प्रतिशतले बढेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। चालु वर्षको जेठसम्म कम्पनीले ४ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष जेठसम्म कम्पनीले ४ अर्ब ५० करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको कम्पनीको व्यापार ६ प्रतिशतले बढेको छ।
त्यस्तै तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालय एभरेष्ट इन्स्योरेन्स रहेको छ। चालु वर्षको जेठसम्म यो कम्पनीले ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष जेठसम्म कम्पनीले ३ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा चालु वर्षको जेठसम्म कम्पनीको व्यापार ३५.४६ प्रतिशतले बढेको छ।
यसैगरी चालु वर्षको जेठमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ९२ करोड ९ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ९१ करोड २१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड १५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड ८२ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ८० करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.२९ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको व्यापार १५.२८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३६.०२ प्रतिशत, नेको इन्स्योरेन्सको ११.१४ प्रतिशत र ओरिएन्टल इन्स्योरेन्सको १५.५४ प्रतिशतले बढेको छ।
यसैगरी चालु वर्षको जेठसम्म युनाइटेड अजोड इन्स्योरेन्सको २ अर्ब ७६ करोड ६१ लाख रुपैयाँ, सानिमा जीआईजी इन्स्योरेन्सले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले १ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म युनाइटेड अजोड इन्स्योरेन्सको व्यापार १४.३७ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सको ८.२५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ७.२३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.४३ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ८.४२ प्रतिशत र र नेसनल इन्स्योरेन्सको २२.४५ प्रतिशतले बढेकोे छ।













