IME Life New

जेठमा निर्जीवन बीमकले भित्र्याए झन्डै ४ अर्बको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१।८२ को जेठ महिनामा मात्रै करिब ४ अर्ब रुपैयाँ व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले जेठमा मात्रै कुल २ लाख २८ हजार ८०४ वटा बीमालेख बिक्री गरेर कुल ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। जेठमा सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले एक महिनामा ४६ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

दोस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। जेठमा यो कम्पनीले ४३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

तेस्रोमा धेरै व्यापार गर्नेमा सिद्धार्थ प्रिमियर इनस्योरेन्स रहेको छ। यो कम्पनीले जेठमा ४२ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यसैगरी चालु आर्थिक वर्षको जेठमा शिखर इनस्योरेन्स कम्पनीले ४० करोड ९० लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३६ करोड ९९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३२ करोड ६० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले ३१ करोड ९० लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले २६ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

त्यस्तै जेठमा नेको इन्स्योरेन्सले २५ करोड ६२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १६ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १५ करोड ५७ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १५ करोड १३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १४ करोड ४९ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ४ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS