IME Life New

विश्वको तुलनामा भारतमा निर्जीवन बीमाको प्रिमियम दोब्बर महँगोः स्विस रि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा बीमाको खर्च तीव्रताका साथ बढिरहेको छ। विश्वको तुलनामा भारतमा निर्जीवन बीमाको प्रिमियम दोब्बर महँगो रहेको तथ्य पनि सार्वजनिक भएको छ।

स्विट्जरल्यान्डको ‘स्विर रि इन्स्टिच्युट’को रिपोर्टअनुसार भारतमा स्वास्थ्य, कार र घरजस्ता निर्जीवन बीमाको प्रिमियम विश्वको तुलनामा दोब्बरले बढेको हो। भारत सरकारले निर्जीवन बीमा कम्पनीहरुले मनमोनी ढंगले बीमाको प्रिमियम बढाइरहेकोमा चिन्ता व्यक्त गरेको छ।

Esewa
Crest

भारत सरकारले स्वास्थ्य बीमाको प्रिमियम बिना कारण बढाइएको विषयमा छानबिन गर्न बीमा नियामक आईआरडीएआईलाई निर्देशन दिएको छ। बीमा दाबी नगर्ने ग्राहकको प्रिमियम पनि २०–३० प्रतिशतसम्म बढाइएको विषयमा परेको उजुरीहरुको छानबिन गर्न बीमा नियामकलाई निर्देशन दिइएको छ।

उता आईआरडीएआईले भने कारको थर्ड पार्टी इन्स्योरेन्स प्रिमियम १८ प्रतिशतदेखि २५ प्रतिशतसम्म बढाउन सरकारलाई सुझाव दिएको छ। बीमा कम्पनीहरुले पनि पछिल्ला वर्षहरुमा दाबी बढेकोले नोक्सानी व्यहोर्नुपरिरहेको गुनासो गरिरहेका छन्।

अर्कोतर्फ भारतका साना सहरहरुमा उपचार सस्तो भए पनि स्वास्थ्य बीमाको प्रिमियम महानगरजतिकै बढाइएको ग्राहकको गुनासो छ। प्रिमियम २०–३० प्रतिशतसम्म बढाइएको उनीहरुको भनाइ छ। केही कम्पनीले बीमा लिएपछि ग्राहकले बिरामी पर्दा उपचारमा लिमिट तोकेका छन्। सरकारी कम्पनी १०० प्रतिशत दाबी भुक्तानी गरे पनि निजी कम्पनीले २०–३० प्रतिशत दाबी रद्द गरिरहेका छन्।

स्विस रिले भारतसहित १० देशमा निर्जीवन बीमामा प्रिमियमलाई लिएर ३ हिस्सामा अध्ययन गरेको थियो। अध्ययनका क्रममा पहिलो वर्ष २०१९–२०२३ को बीचमा भएको बीमा प्रिमियमको बढोत्तरी, दोस्रोमा वर्ष २०२४ मा बीमा प्रिमियमको आँकलन र तेस्रोमा वर्ष २०२५ र २०२६ मा बीमा प्रिमियममा हुन लागेको बढोत्तरीको अनुमान गरिएको थियो।

अध्ययन प्रतिवेदनअनुसार वर्ष २०१९–२३ बीच वैश्विकस्तरमा प्रिमियम ३.७ प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धिदरले बढेको थियो। जब कि भारतमा यो दर ४ प्रतिशत थियो। वर्ष २०२४ मा विश्वमा प्रिमियम ४.३ प्रतिशतले बढ्दा भारतमा ६.८ प्रतिशतले बढेको थियो।

वर्ष २०२५ मा भारतमा बीमा प्रिमियम ८ प्रतिशत र वर्ष २०२६ मा ९.३ प्रतिशतले बढ्ने प्रतिवेदनमा अनुमान गरिएको छ। जब कि विश्वमा औसत ४.१ प्रतिशतले बीमा प्रिमियम बढ्ने आँकलन गरिएको छ। यस हिसाबले भारतमा बीमा प्रिमियम विश्वको तुलनामा दोब्बरले महँगो हुने देखिएको छ।

विश्वका प्रमुख देशमा निर्जीवन बीमाको प्रिमियम बढोत्तरीको अनुमान (वर्ष २०२५–२६)

  • अमेरिकाः १.८ प्रतिशत
  • क्यानडाः २.१ प्रतिशत
  • फ्रान्सः २.३ प्रतिशत
  • जर्मनीः १.१ प्रतिशत
  • इटलीः १.७ प्रतिशत
  • बेलायतः ०.७ प्रतिशत
  • अस्ट्रेलियाः ४.२ प्रतिशत
  • जापनः ०.५ प्रतिशत
  • भारतः ८.८ प्रतिशत
  • चीनः ४.१ प्रतिशत

किन बढ्दैछ बीमाको प्रिमियम ?

स्विस रिको प्रतिवेदनअनुसार एसियाली बीमा बजार तीव्र गतिमा बढिरहेको छ। यो बढोत्तरीमा भारतमो मुख्य भूमिका रहेको छ। तर, बीमा दाबी र कम्पनीको खर्च बढ्दा प्रिमियममा उछाल आइरहेको छ। यसको नतिजा आममानिसले सुरक्षाका लागि बीमामा धेरै पैसा खर्च गर्नुपरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS