काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को चैत महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले २ लाख ९१ हजार ७७६ वटा बीमा पोलिसी बिक्री गरी कुल ४ अर्ब १० करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमाशुलक संकलन गरेको छ । कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा ओरिएन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीले ४५ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४१ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३५ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३५ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्सले ३५ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
शिखर इन्स्योरेन्सले ३३ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २७ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले २७ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले २५ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
प्रभु इन्स्योरेन्सले १४ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ११ क्रोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ३ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।