काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब २७ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस समीक्षा अवधिसम्ममा १ अर्ब २७ करोड १९ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले २ अर्ब ४१ करोड ३ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीहरुको नाफा ४७ दशमलव २३ प्रतिशतले घटेको हो ।
यस अवधिमा दुई कम्पनी घाटामा रहेका छन् । यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनी १७ करोड ६४ लाख रुपैयाँ घाटामा रहेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी पनि ६ करोड ९७ लाख रुपैयाँ घाटामा रहेको छ ।
यस समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा ओरिएन्टल इन्स्योरेन्स कम्पनी रहेको छ वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ३० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

दोस्रोमा राष्ट्रिय बमिा कम्पनी रहेको छ । यस समीक्षा अवधिमा कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३९ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा २६ दशमलव ९७ प्रतिशतले घटेको हो ।
प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैतसम्म २१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म कम्पनीले २० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५.६३ प्रतिशतले बढेको छ ।
नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा १६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५५.६१ प्रतिशतले घटेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा १३ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वषृको यसै अवधिको तुलनामा कम्पनकिो नाफा ४७ प्रतिशतले घटेको हो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैतसम्म ११ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म कम्पनीले ३३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ६६.७३ प्रतिशतले घटेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म कम्पनीले १७ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४०.५९ प्रतिशतले घटेको छ।
शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैतसम्म ७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ८०.२३ प्रतिशतले घटेको छ।
सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले २३ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनकिो नाफा ७८ प्रतिशतले घटेको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ४ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा ९१.१५ प्रतिशतले घटेको छ।
एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म कम्पनीले १२ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ७१.७८ प्रतिशतले घटेको छ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ४ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ९९ प्रतिशतले घटेको हो ।












